राजनीति छाडि कृषितिर

आदर्श समाज सम्वाददाता
पौष १, २०७१

तनहुँ, बन्दीपुर-१ गुरुङटारका सूर्य मगरलाई अचेल राजनीति भनेपछि झको लागेर आउछ। जवानीका उर्जाशील समय वामपन्थी विचार धारा बोकी हिड्दैमा ठिक्क भो। उनी कम्युनिष्ट पार्टीका लाग्दा घर परिवार भन्दा पनि सर्वहारा वर्गको मुक्तिका दिन ल्याउने भन्दै जनतालाई संगठित गर्दै हिडे। उनी गोलबन्द भएको पार्टीसत्तारोहण समेत भयो। परन्तु, आम नेपालीका निमित्त, हात्ती आयो, हात्ती आयो-फुस्सा साबित भयो। आखिर, क्रान्ति के का निम्ति- अहिले, हिजोका ती दिन सम्झेर ल्याउँदा उनी प्रायश्चित गर्न चाहन्छन्। बरु जीवनको आखिरी क्षणसम्म यिनै हिमाल हेरेर मुस्कुराउँदै मर्न पाऊँ उनले लामो सुस्केरा हान्दै भने। बन्दीपुरस्थित पूर्व परिचित शिक्षक राजाराम प्रजापतिको निवासमा उनका बारेमा हिजोका इतिहास सुन्न पाउँदा छापामा समेट्ने हिसाबले मन व्यग्र भो। हुन पनि यस्तै मिडिया पुग्न नसकेको, व्यक्तिविशेष र विषयबस्तु नै मेरो खोजी पत्रकारिताको मिसन नै थियो।, भनौँ। यस्ता पात्रहरु छापामा आउने प्रयत्न नै गर्दैनन्। मिडिया समेत यस्ता पात्रहरु कम महत्वका विषयबस्तु ठानिएका हुन सक्छन् मूल्याड्ढनको मापदण्डमा। यो दुनिया ग्ल्यामरको छ। एकजना सत्तासीन व्यक्तिको आगमन हुँदा सञ्चारकर्मीहरु अघि र पछि लाग्छन्। अझ, तारे होटलका सभाकक्षमा ‘प्रेस मिटु राख्नुपर्छ, असिनपसिनका साथ धुइरिन्छन्। परन्तु, सूर्य मगर जस्ता पात्रहरु आज गाउँघरका झुपडीमा थन्किएर बसेका छन्। उनीजस्ताका त्याग, समर्पणले मुलुक आज संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ। तर, यस्ता पात्रहरुको खोजी कसले गर्ने- खोलो तर्‍यो, लौरो पनि विस्यौ। राजारामजीका दाजुका छोरा डुम्रेमा औषधि पसल खोलेर बसेका छन्। उनैको बाइक पछाडि बसेर बैशाख ४ गते सूर्य निवासमा पुग्दा उनी घरबारीमा दश नङग्रा खिचाउदै थिए। हामीलाई देख्ने वित्तिकै सबै कुरो थाँती राखेर पिंढीमा गुन्द्री ओछ्याउदै गफिन थाले । मैले गाउँको एैतिहासिकता, उनका निजी जीवन, विगतको राजनीतिक पाटो आगामी कार्ययोजना सम्वन्धि खोतलखातल गर्दै यो शब्दचित्र तैयार पारे।

कसरी रह्यो गुरुङटारको नामाकरणः

करिब ५०० वर्ष अघि लमजुङतिरबाट एक हुल गुरुङहरु यहाँ आइ बसोबास गरेका थिए। औलो र झाडापखलाको महामारी फैलिएपछि उनीहरुले यो बस्ती छाडे। बन्दीपुरमा हाल रहेको बाख्रा फारममा मगरहरुको घना आवादी थियो। छपेली मगरका सयौ घरका ठूलो गाउँ नै थियो। त्यहाँ सर्वप्रथम आले मगरहरुले आगमन गरेको देखिन्छ। त्यसपछि रिसिङबाट सुस्लीङ मगरहरु, मनकामनाबाट सुनारी मगरहरु, लम्जुङबाट पाटा मगरहरु र पाल्पाबाट मरात मगरहरु आए। मनकामनाबाट सुनारी मगरहरु, लम्जुङबाट पाटा मगरहरु समेत आए । पाल्पाका मगरहरु नै कालान्तारमा बसाई सरी लमजुङतिर गएका हुन्।  बन्दीपुरकै छापगाउँमा कास्की र अछामतिरबाट समेत अधिकारी ब्राहमणहरु आई मगरहरु सँग घुलमिल भई बस्नु थाले। त्यसपछि  काठमाडौ र भक्तपुरबाट नेवारहरु आए । त्यतै क्षत्री र दलितहरु समेत आएर बस्न थाले। त्यसपछि नाहाला छापमा रुपान्तरीत भयो। प्युथर टोल छापके एउटै वडा हो। विगतमा यसको मुन्तिर देउराली, हुलाकी, नौवल हुदै तनहुँसुरसम्म पुग्ने पुरानो बाटो थियो। बन्दीपुर जाँदा प्युथरमा पाटी, पोखरी, चौपारी  थिए। उतिबेला छापबाट प्युघरमा आउनु पनि औलो लाग्छ भनी मगरहरु डराउने गर्ने। बाहुनहरु समेत प्युथरको मुनि डाँडामा बसेर फाँटमा सेतीपाती गर्न आउँथे। कालान्तरमा यो ठाउँमा गुरुङले छाडेपछि मगरहरुले आवादी गर्न थाले। दिनभर गुरुङटारमा खेती गरेर बास बस्न चाहि छापकै गाउँ जाने र्थेमगरहरु। यसरी सर्वप्रथम यो ठाउँ गुरुङहरुले बसालेका हुनाले गाउँको नाम नै गुरुङटार रहन गयो। हाल यहाँ २० घर छन्। जसमा दलितका सात, क्षेत्रीका एक घर छन्। त्यस्तै लमजुङतिरबाट आएका एक घर गुरुङका समेत छ। २०२५ सालतिर बन्दीपुरमा राजा महेन्द्रको सवारी हुँदा गुरुङटारमा पवित्र प्रावि स्थापना भएको थियो। सदरमुकामको नजिक भएर पनि यो ठाउँ पिछडिएको सूर्यले जानकारी दिए। भाषा जोगिए पनि चुड्का जस्ता मगरका मौलिक सँस्कृति लोप नै भएको छ। लडभीडमा अग्रसर हुने भएकाले पहिले छपनी भनेपछि छिमेकी गाउँहरु भयभीत हुने गर्थे। यहाँका बासीलाई उब्जनीले आधा बर्ष मात्र भरथेग गर्छ। साउदी अरव, दुर्बई र मलेसियातिर युवाहरु पलायन भएका छन्। आमा समूह, खानेपानी र बचत संस्थाहरु भने स्थानीयबासीका जीवनस्तर उकास्न लागिपरेका छन्। २० वर्ष अधि प्युठान, मर्कावाङका सूया मगर खेम बहादुर पुन ले यही नै नयाँ गुँड बनाउन पत्नी बुमा पुनसँगै आएका हुन्। यिनले हाल हाउस बायरिङको काम गर्छन् त श्रीमती चाहि सामाजिक कार्यकर्ता हुन्। सूर्यले ६ वर्ष अघि कुखुरापालन गरेका छन्।अचेल यसैलाई व्यवस्थित गर्ने भूनमा छन्।

राजनीतिक पृष्ठभूमिः

सूर्य यिनको साहित्यिक नाम हो। यिनका जेठो दाजु बिक्रम पुन रुपालाल विश्वकर्माको पार्टीका आवद्ध भएकाले घरमा नेताहरुको आउजाउ बाक्लै हुन्थ्यो। रातको समयमा चल्ने प्रशिक्षणमा यिनले समेत बुझ्ने अवसर प्राप्त गरेका थिए। यिनी क्लासमा तीक्ष्ण विद्यार्थीमा दरिन्थे। परन्तु, दश कक्षा पढ्दै गर्दा अनायास घृणा जागेर आयो। टेस्ट परीक्षामै यिनलाई फेल बनाइयो। राजनीतिक पूर्वाग्रह राखी कपी जाँच्ने शिक्षकले १ नं. कम दिएवापत यिनी फेल भए। चितवनको दिव्यनगरस्थित विद्यालयमा यिनकै विषय मा दुर्इ शिक्षकबीच मुक्का हानाहान भयो। यिनले घरमा आएर सोचे। त्यसपछि बुर्जुवा शिक्षाको रटान प्रति वितृष्णा जागेर आयो। यिनका दाजुले कोठामा पार्टीदस्तावेजहरु ल्याएर अध्ययन गर्थे। रुपलालको ‘समाज विकासु गोवीन्द लोहनीको  चिनियाँ जनयुद्धको इतिहास, यिनले खुसुखुसु पढ्न थाले। गाउँलेले देखेपश्चात ‘यस्तो पढ्नुहुन्न पुलिसले पक्रन्छु भन्थे। कहाँ मान्थ्यो उनको मन झनसार्‍हो चिप्ले किराझै टाँसिएर रगड्न पो थाले। २०३५ सालतिर यिनले छोटो अवधि गाउँकै विद्यालयमा पढाए पनि। पछि गाउँमै खेतीपातीमा फर्किए। त्यस अवधिमा रोहितका पुस्तकहरु समेत पढेर राजनीतिक चेतनाको दायरा विस्तार गर्दै लगे। छिमेकी भवानी गुरुङले नै चितवनका शिक्षक देवराज पौडेलसँग उनको चिनापर्ची गराए। पौडेलले नै यिनलाई ०३५ तिर नै नेपाल क्रान्तिकारी किसान सँगठन मोर्चामा सँगठित गराए। उनी सम्झिन्छन्, ‘०३५ चैत २४ गते, भरतपुरको चौवीस कोठीमा गाली चल्दा अंसख्य घाइते भए। सडक दिनभर रक्ताम्य बन्यो। यो दृश्यले अझ यिनलाई आक्रोशित बनायो।

रुपलालको पछि लुरुलुरुः

रुपलालसँगको निकटतापश्चात १५ वर्ष जति पूर्णकालीन कार्यकर्ता बनी संगठन विस्तार र आन्दोलनमा होमिए। शुरुआतीको कार्यक्षेत्र धौलागिरि अञ्चल थियो। गुल्मी पूर्तिघाटका बैक काण्डमा यिनी समेत मुछिए। ०४१ सालतिर तीनजना पक्राउ परेपछि यिनी भूमिगत भए। उनी भन्छन्,’ नेपालको सिङ्गो कम्युनिष्ट आन्दोलनप्रति रुपलालको भिन्न अभिमत थियो। तत्कालिनको अर्डिनेसन केन्द्रबाट मालेसम्म आउँदा पनि हालको एमालेको पार्टीजीवन क्रान्तिकारी नै थियोु भन्छन्। राजनीतिक प्रशिक्षण गलत हुनाले बामपन्थी आन्दोलन तरल अवस्थामा छ। क.पा. विभाजित हुनाका कारण खोतल्छन्, ‘ रुपलालले नै ३ लाख दलितको मात्रै मुद्दा उठाएर आउनुभो, नेपाली क्रान्तिको आधार दलित भन्नुभो। समाजको बास्तविक गहिराईमा राजनीतिक विश्लेषण गर्न अझै पनि दलहरु चुकेकाले विभाजनका रेखाहरु असीमित तवरले कोरिने क्रम जारी नै छ। भीमप्रसाद गौतम (हाल एमाओवादी) मजदूर किसान पार्टीच बन्दीपुरमा सर्वहारावादी श्रमिक संगठनसंग एकीकरण भयो। जसका अध्यक्ष चुनिए रुपलाल विश्वकर्मा। बुटवलका डी.वी सिंह र केवी पुनहरुले ल्पोन गठन गरी रातो झण्डा मुखपत्र प्रकाशन गर्थे। २०३८ मा सर्वहारावादी श्रमिक संगठन गठन हुँदा सूर्य समेत संस्थापक के.स. थिए। ०४७ मा प्रचण्ड, बाबुराम, निर्मल लामा, रुपलाल बि. क.वीच पार्टीएकीकरण भइ एकता केन्द्र बन्दा यिनी पनि केन्द्रीय कमिटीमा परे। एक वर्ष पछि चितवनको माडीमा एकता महाधिवेशन सम्पन्न हुँदा माओवादीका साथीहरुले माओवादी भन्दा पनि आफूहरुप्रति विलय जस्तो व्यवहार अपनाएकाले यिनले हल नै छाडी बाहिरिए। त्यस यता उनलाई वर्तमानमा कम्युष्टि पार्टीनेतृत्वका व्यवहारहरु ‘हात्तीका चपाउने दाँत र देखाउने दाँतु झै फरक लाग्न थालेको छ। जनयुद्धको राप र तापमा गणतन्त्र आए पनि सीमित नेतृत्वका निम्ति मात्र आयो। एउटा राजालाई नागार्जुनको जंगलमा पठाए पनि अझ धेरै अघोषित राजाहरु जन्मिए। सर्वसाधारणहरु अब अब विवश छन् ‘जुन जोगी आए पनि कानै चिरेका। सूर्य, आउँदा दिनहरुलाई सर्त्कर्ममा लगाउन चाहन्छन्। सफल कृषक बनी छोरीको उच्च शिक्षातर्फ ध्यान दिन्छन्। अब बुझ्न थालेका छन्- सिद्धान्त र व्यवहारमा आकाशपातालझै असमान हुँदोरैछ।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width

trending post

ट्रेन्डिङ्ग