‘म छापामार लडाकु

आदर्श समाज सम्वाददाता
माघ २२, २०७२

काठमाडौंको चन्द्रागिरी नगरपालिका। (साविकको नयाँ नैकाप गाविस वडा नं. ५) मा रहेको एक नेवार्नी आमाको पुरानो भट्टी। जहाँ अक्सर वडो कर गर्दा मात्र चिया बनाउने गरिन्छ। अन्यथा साँझ परेपछि छ्याङ र रक्सी खाने मान्छे मात्र भेला हुन्छन्। ‘टपाईलाई प्रत्येक डिन यटै डेख्छु नि भाइ’- सोही भट्टमिा चिया पिउन आउँदाजाँदा देखिरहने एक सेता मगुराली वर्ण ो अन्दाजी ३५-४० हाराहारीको व्यक्तिले मलाई मगर भाषी लवजमा प्याक्क प्रश्न गर्‍यो। ‘हजुर हो दाइ म ऊ त्यहीँ पल्तिरको फुलमानचाको घरमा भाडामा बस्छुु-मैले उत्तर दिएँ। उसले ‘ए हो’ भनेर सही थाप्ने प्रश्न तेस्रायो। मैले टाउको हल्लाएँ। उसलाई मैले सो एरियामा प्राय साँझ तिर देखिइरहेको हुन्थे। त्यस दिन पनि ऊ आफ्ना दुर्य जना साथीसँग आएको रहेछ। मैले चिया पिइरहेको टेबुलको नजिक आएर गोजीबाट गोल्ड फ्लेक चुरोटको खिल्ली सल्कायो अनि स्वाट्ट तान्दै भन्यो-‘तपाईलाई कटै ढुवाँले अफ्ठ्यारो त पार्डर्ैन -’। मैले ठिकै छ दाइ भने। उ ङच्िच हाँस्यो। उसको हरेक शब्दमा ‘त’ भन्ने ठाँउमा ‘ट’ र ‘द’ भन्ने ठाउँमा ‘ड’ उच्चारण गर्ने भएकोले ऊ मगर समुदायको व्यक्ति हो भनेर अड्कल काट्न गाह्रो थिएन। मैले पनि उसलाई बस्न अनुरोध गरेँ। उ नजिकै आएर बस्यो।

त्यतिञ्जेल नेवार्नीले पनि आफ्नै लवजमा के खाने छ्याङ कि रक्सी भनेर सोधिन्। उसले साथीसँग सानो स्वरमा साउती गर्‍यो र छर्‍याङ खाने निक्यौर्लसहित उद्गार गर्‍यो। नेवार्नी भित्र छ्याङ लिन जाँदा उनीहरूले अलि ठूलो स्वरमा बोले आज उनीहरूसँग एक सय ८० रूपैयाँ मात्र रहेछ रे अनि रक्सी चाहीँ छ्याङभन्दा बढी पैसा पर्ने भएकोले त्यहीँ रोजेको रे। साहुनीले तीन डबका छ्याङ ल्याइन् र सितन के चाहिन्छ सोधिन्। उनीहरूले सितन नखाने भने। साहुनी गइन् । मैले यो सब हेरिरहेको थिएँ। उनीहरूले मगर लवजमा बोल्ने शैली बडो रसिक थियो।

त्यसैले मलाई पनि उनीहरूसँग बोल्न मन लाग्यो र कुराकानीको प्रसङ्ग अगाडी बढाउन चाहेँ र यहाँहरू कहाँबाट आउनु भएको- भनेर सोधेँ। उनीहरूले सतुङ्गलको नकर्मी साहुको इट्टाभट्टामा मजदुरी काम गर्ने बताए र दिनभरी इट्टा बोकेको शरिरको थकाई मेटाउन भट्टीमा हरेक साँझ आउने बताए। मैले उनीहरूको स्थायी ठेगाना सोधेँ। उनीहरूले ठेगाना सजिलै भन्न मानेनन्। बरू पहिला परिचय गर्ने प्रस्ताव गरे। मैले ‘हवस्’ भनेर गुड गर्न हात अगाडि बढाएँ र आफ्नो परिचय गराएँ। गुड गर्दा उसका हातमा ठेला उठेर फुटिसकेको र हातमा गेर्खाहरू घँघराका लौरामा झैं काँडा-काँडा परेका थिए। साह्रै बलिष्ठ थिए बाहुहरू। तिनै जनासँग गुड गर्दै चिनजान गरेँ। उनीहरू रोल्पाका मर्चवाङ भन्ने गाविसका स्थायी बासिन्दाहरू रहेछन्। दुर्इ-पाँच वर्षदेखि सतुङ्गलको एक इट्टा भट्टीमा ज्यामी काम गर्न थालेका रहेछन्। त्यतिञ्जेल उनीहरूले एक/एक डबका सकिसकेका थिए र नेवार्नीलाई पुनः अकोर् छ्याङ ल्याउन भन्दै थिए। साहुनीले पनि ल्याएर थपिदिइन्। ‘छ्याङ माटै खाने आज टिमारू’ उनले प्रश्न गरिन्। उनीहरूले त्यसबेला पैसा नभएकोले सितन खान नसक्ने बताए। नेवार्नीको र उनीहरूको बोल्ने उच्चारणमा केही समानता देखिन्थ्यो।

मैले उनीहरू रोल्पादेखि काठमाडौंसम्म ज्यामी काम गर्न आउनाको कारणसहित जान्न चाहे र बताउन आग्रह गरेँ। उनीहरू अति नै भावुक मुडमा पुगे र तपाईले हाम्रो बारेमा जानेर के नै गर्न सक्नुहुन्छ र- प्रश्न गरे। म अलमल्ल परेँ र अफ्ठ्यारो मान्नुहुन्न भने सुनाउनुस् न भनेर आग्रह गरेँ। बडो मार्मिक रहेछ उनको जीवनगाथा। २०४६ सालमा कक्षा सातमा पढ्दा-पढ्दै एकता केन्द्र मशालमार्फत बर्ुर्जुवा शिक्षा बहिस्कार आन्दोलनमा सहभागी भइ किताब च्यातेर हिँडेका रहेछन्। एकता केन्द्र मशाल तत्कालिन अवस्थामा रोल्पा जिल्लाको एक शासक पार्टीरहेछ। उनीहरूको टिममा हालकी सभामुख ओनसरी र्घर्ती पनि थिइन् रे। २०५१ सालसम्म सोही पार्टीला सक्रिय रहेका उनी तत्पश्चात् नेकपा माओवादी सम्मीलित भई भूमिगत छापामार युद्ध लडेछन्। छापामार हुँदा उनी दाङ, रूकुम, सल्यान, ललितपुर इत्यादि स्थानमा गुरिल्ला युद्ध लडेछन्। कयौं सामन्तिलाई सवक सिकाए रे उनले। सल्यानको प्रहरी चौकी आक्रमणको नेतृत्व सम्हाल्दा एकजना महिला प्रहरीलाई बलिरहेको आगोबाट जिवितै उद्धार गरी मानवीय संवेदनशिलता दर्शाएकोमा उनी गर्व गर्छन्। शत्रु भए पनि पहिला ऊ मानव हो। ‘हाम्रो लर्डाईँ व्यक्तिसँग होइन, व्यवस्थासँग हो’-उनीहरूले भने। एक जमिन्दारलाई कारवाही गर्न जाँदा उसले प्रहरी बोलाएर सुराकी गरेको र तिनै जमिन्दारको छोरो -जो नेपाली सेनामा हवल्दार थियो) उसलाई साथीहरूले पक्रेर ल्याउँदा स-सम्मान घरसम्म पुर्‍याएर आर्दशबादको परिचय दिएका रहेछन्, उनीहरूले।

छापामार समयमै रोल्पा कै एक लडाकुसँग जनवादी विवाह गरेका उनी सँगसँगै एकै मोर्चामा बसेर लडेको अनुभव सुनाउँछन्। भूमिगत कालमै बच्चा जन्मिएछ र छोरो एक वर्षको हुँदा २०५५ साल फागुनमा सेनाको कारवाहीमा छ जना अन्य सहपाठी साथै आफ्नो छोरोको पनि ज्यान गएको घटना सुनाउँदा उसका गला अवरूद्ध थिए। आँखामा आँसु टिल्पिलाइरहेको थिए। बोल्दा-बोल्दै भावुक भए र एक डबका छ्याङ स्वाँट्टै पारेर ताने र भने-‘मेरो छोरोपछि गएर डाक्टर, इन्जिनियर, राजनीतिज्ञ, चोर, फटाहा, सेना, मन्त्री जे पनि बन्न सक्थ्यो होला। त्यो एक वर्षको शिशुलाई यो  विषको विरूवा हो यसलाई फाँड्दा हुन्छ’ भनेर सत्रुले मारे।’ आखिर त्यो नवजात शिशुको के दोष थियो होला र भाइ भन्दै उनी अति भावुक भए। म पनि उनको त्यस घटनाबाट अत्यन्तै मर्माहत भएँ। उनले पुन प्रसङ्ग थप्दै गए-तत्पश्चात उनकी श्रीमति रोल्पाबाट पार्टीको निर्देशनमा वागलुङ गइन्। उनी चाहिँ रोल्पा मै बसे। एक, डेढ सालपछि २०५६ सालमा उनीहरू पुनः दुबै वागलुङ मैसँगै बसेछन्। त्यतिन्जेल अकोर् छोरो भइसकेको थियो। छोरो पनि भूमिगत नै भएको र एक सन्तान गुमाइसकेकोले उनीहरू आफ्ना बच्चाप्रति एकदमै ख्याल गर्दथे। त्यसबीचमा पनि उनले पार्टीला लागि थुप्रै राम्रा गरे। सम्पति जति सबै पार्टीको नाममा चन्दा दिई पूर्ण रूपमा क्रान्तिकारी भई हिँडेछन्। ‘श्रीमति पनि बुझकी थिइन्’-उनले भने। यो पुरानो सत्ता नढलेसम्म, सामन्तीको राज्य नढलेसम्म क्रान्ति जारी छ भन्दै उनी रातो फेटा भिरेर युद्ध मैदाना खटेको सुनाउँछन्। त्यससमय उनीहरूको ग्रुपको नेतृत्व हालका उपराष्ट्रपति नन्द किशोर पुनले सम्हाल्थे। ‘टपाई पट्याउँनु हुन्न भने हेर्र्नुस्’-पुरानो पर्सबाट एक फोटो निकालेर देखाए। जहाँ हालका उपराष्ट्रपति नन्दकिशोर पुनः पासाङको साथमा उनी पनि कम्ब्याट पोसाकमा रातो फेटा निधारमा बाँधेर बन्दुक हातमा लिएर उभिइरहेका थिए।

मलाई उनको कुरामा अझ बढी विश्वास भयो र टाउको हल्लाउदै गएँ। उनी भन्दै गए, छोरो दुर्इ वर्षको भएपछि २०५९ सालमा जुन बेला राज्य पक्ष र व्रि्रोही पक्षबीच घमासान युद्ध चलिरहेको थियो। छोरो विरामी भएछ। विरामी छोरोलाई त्यहीँको -क्याम्प भित्रकै) डाक्टरले उपचार गर्दापनि नभएपछि उनीहरूले सहरमा अस्पताल लाने निर्ण  गर्दा पार्टीे यो युद्धको समयमा मोर्चा छोडेर बाहिर नजान बताएछन्। उनले आफ्नो सन्तानको उपचार गर्न त जसरी पनि जाने निक्यौल निकालेर हिँड्नै लाग्दा पार्टीको ‘चेन अफ कमाण्ड’नमान्ने भन्दै उनीप्रति बक्रदृष्टि लगाउन थाले। उनीहरूको भाषामा चाहिँ क्रान्तिको मोर्चामा लागेको मान्छेले आफ्ना अन्य कुराहरूको मतलब राख्नु हुँदैन रे। बाउआमा सन्तान सबै मायाजाल हुन्। त्यसले गर्दा अल्झन् बढी हुन्छ र क्रान्ति विफल हुन्छ भन्थे। उनले यसो भनिरहँदा आक्रोशित भाव देखिन्थ्यो। आँखा रात-राता पार्दै मलाई भने-‘भाइ व्याएको गाइलाई पो थाहा हुन्छ, नव्याएको के थाह व्याउँदाको पीडा।’ उनले पार्टीको ह्वीपलाई अटेर गरी उपचारका लागि छोरोलाई काठमाडौं कान्ति बाल अस्पताल ल्याएछन्। साथमा थियो ७३ हजार रूपैयाँ । उपचारमा एक लाख २० हजार लाग्ने र छोरोको मुटुमा समस्या भएको डाक्टरबाट जानकारी पाएपछि उनले पार्टीलाई फोनबाट जानकारी गराएछन्।  तर। ह्वीप उल्लङ्घन गरेको आरोपमा उताबाटै वास्ता गरिएन् रे। त्यही भएर उनी र श्रीमति विरामी छोरोलाई अस्पतालको आइसीयुमा छाडेर पैसा खोज्न निस्किएछन्। तर, कुनै उपाय नलागेपछि कसैले नपत्याए पछि उनी काम गर्न पाए पनि गर्ने विचार गरेछन् र अन्य मजदुरहरू भएको स्थानमा पुगी कामका लागि आग्रह गरेछन्। वलम्बुको शसस्त्र प्रहरी क्याम्प -तत्कालिन युनिफाइट क्याम्प) मा सौचालय बनाउने काममा ज्यामी काम गर्ने अवसर मिलेछ। अव जाउ भने चिनेर मार्लान् नजाउ भने छोरो अस्पतालमा छ भनेर साह्रै चिन्तित भइ सोचेछन्। ‘जे पर्ला पर्ला सन्तानको उपचारको लागि ज्यानसमेत दिन सक्छु र जसरी पनि बचाउँछु भनेर काम गर्न थालेँ’-उनले भने।

काममा जाँदा कपाल पुरै खौरिएर गएका थिए। घर सोध्यो भने नेपालगञ्ज तिर भन्थेँ। किनकी रूकुम, रोल्पा भन्ने बित्तिकै त्यस समय सबैले माओवादी नै सोच्ने भएकोले आफ्नो पुरै वास्तविकता लुकाएर काम गनुपथ्यों। विहान पाँच बजे महाराजगञ्ज -कान्ति अस्पताल) बाट निस्केका उनी साझ पुनः अस्पतालमै पुग्ने र श्रीमति र छोरोको साथमा बस्थे। एकदिन काममा जाँदै गर्दा कलंकीमा लिवाङदेखि काठमाडौं चल्ने बसको ड्राइभरलाई भेटेछन्। अनि उनैलाई एक चिठी पठाएछन्। उनकै माध्यमबाट घरबाट बुबाले सयकडा तीनमा एक लाख १० हजार रूपैयाँ ऋण काटेर पठाएपछि आफूले कमाएको रकम समेत गरेर एक लाख २० हजार रूपैयाँबाट छारोको उपचार भयो। त्यहाँबाट फकिृएपछि त्यो सम्पूर्ण बिल पार्टीला लगेर बुझाए। ‘मेरो सारा सम्पत्ति मैले पार्टीलाई बुझाएको छु। मलाई यति ऋण लागेको छ उपचारको क्रममा त्यसैले मलाई सहयोग गर्नुपर्‍यो पार्टीला कुरा राखें। तर, सहयोगको सट्टा भगौडाको आरोप लगाएर कारवाहीको निर्देशन भयो’-उनले भने। उनी अगाडि थप्दै गए। पार्टीला दुर्इ हप्ता कारवाहीको सजाय भोगेपछि उनलाई अव पार्टीला बसिरहन मन लागेनछ र परित्याग गर्दै घर गएछन्। घर पुगेको दुर्इ दिनपछि नै सरकारी फौजले उनको घरमा छापा मार्न पुगे। त्यसबाट उनी भाग्न सफल भए। तर, भाग्दा सरकारी फौजले हानेको ग्रिनेटको छर्रा लागेर उनको आँखा भन्दा थोरै माथिको भागमा ठूलो चोट लागेछ र खुट्टाका दुर्इ वटा औंला समेत गुमाएछन्। धन्न ज्यान चाहीँ बचाएर उनी रातीराती दाङ आइपुगेर भोलीपल्टै बुटवल आफन्तको घरमा घाइते शरीर लिइ पुगे। आफन्तको सहयोगमा उपचार गरी उनी गाउँ नजाने निर्ण  गरी श्रीमतिलाई समेत झिकाई काठमाडौंमा गई कोठा भाडामा लिएर केही समय आराम गरेछन्। पछि फर्निचर मिलमा आरा तान्ने काम गर्न थालेछन्। उनी पार्टीको नजरमा भगौडा र राज्यको नजरमा देशद्रोही एवम् आतङ्कारी थिए। आफ्नो परिचय लुकाएर श्रीमान्, श्रीमती सोही स-मिलमा मजदुरी काम गर्दै बच्चा हुर्काएछ। उनलाई बर्ुर्जुवा शिक्षा बहिष्कार गराउन प्रेरित गर्ने ठूलाठूला नेता सबैकोमा पुगेछन्। अधिकांशले नचिनेको व्यवहार गर्ने गर्दथे रे काठमाडौंमा। किनकी त्यस समयमा उनीहरू धेरै ठूलो मानिस भइसकेका थिए।

यी सब अन्याय खेपेका उनी र उनको श्रीमतीसँग छलफल गरी खाडीमा गई काम गरेरै भएपनि बच्चालाई उच्च शिक्षासम्म पठाउने निक्यौर्ल निकालेर पासपोर्ट बनाई मेनपावर कम्पनीमा दलालमार्फत एप्लाई गरे तर, संयोग उनको पैसा दलालले खाइदिएछ। पछि पुनः श्रीमतीको पासपोर्ट बनाएर एप्लाई गरेछन् र उनकी श्रीमती बैंदेशिक रोजगारको सिलसिलामा कुवेतमा पठान सेठको घरमा घरेलु कामदारको रूपमा कार्यरत रहिछन्। भर्खरै एक, डेड वर्ष भयो रे उनी उता गएको। छोरोलाई दाङको घोराही भन्ने ठाउँमा एक बोर्र्डिङ स्कुलमा बोर्र्डस गरेका रहेछन्। आफू सतुङ्गल, काठमाडौंको इट्टाभट्टामा इट्टा ओसार्ने काम गर्दारहेछन् र त्यही इट्टाभट्टा भित्रै बनाएको छाप्रोमा उनी बस्दा रहेछन्। राज्यसँग, पार्टी’ग एवम् समग्र समाजसँग उनको ठूलो गुनासो छ। उनले क्रान्तिका लागि र्समर्पण गरेको त्यागले उनको परिवारलाई केही फाइदा पुगेन नै तर, अन्य शोषित पीडित र्सवसाधारणलाई के फाइदा पुग्यो त- जति पनि ठूला ठाउँमा पुगेका मन्त्री बनेका र चर्चामा आएका व्यक्तिहरू छन्। ती प्रयाजसो शान्ति स्थापना पश्चात् पार्टीला टिका लगाएर छिरेका ‘टिके ठेउके’ हरू हुन् भन्ने उनको बुझाई। क्रान्तिमा लाग्ने सच्चा सिपाहीहरू त कि मारिए, कि चार, पाँच लाख दिएर घर पठाइए। कि अपाङ्गता भएर जीवन जिइरहेका छन् कि त उनी जस्तै दैनिक मजदुरी गर्दै जीवन निर्वाह गर्दैछन्। उनले एकपटक हालका उपराष्ट्रपति र सभामुखलाई भेट्न गएछन्। पद वहाल भएपछि धेरै सुरक्षा गार्डहरूको माझमा रहने कारण चार घण्टा कुरे पनि ‘दर्शनभेट’ नपाएकोले आइन्दा भेट्न नजाने बताउँछन्। ‘अब उहाँहरू ठूला मान्छे भइसक्नुभएको छ भाइ, उहाँहरू हिड्डा पनि हामीलाई पुलिसले सडकमा उभिन त के सिधा आँखाले हर्ेर्न समेत दिदैनन्। धेरै पुलिसहरूको स्कटिङमा हिड्ने हुनाले’ उनले भने।

हातको ठेला देखाउछन्, अधिकांश ठेला फुटेर दह्रो -रफ) भइसकेको छ। उनी पसिनामा विश्वास राख्छन् र गर्वसँग भन्छन्-‘पून मगर हूँ। मगरको छोरोले कहिल्यै छलकपट गर्न जान्दैन र अरूको अगाडि भिख माग्न जान्दैन बरू भोकै बस्छ। राजनीटी भनेको ढोका हो।’ रात धेरै छिप्पिइसकेको थियो। बिहान चार बजेदेखिनै काममा जानुपर्ने बाध्यता सुनाउँदै छ्याङको रमरममा उनी उठेर गए।

म सोचमग्न हुन्छु र कोठामा पुगेर सम्झिएँ, उनै जुझारू सिपाहीलाई। राजनीतिले के नै पो दियो र उनलाई, प्रताडना, दुःखका सिवाय। उनले भनेको कुरा सुन्दा लाग्छ जति पनि मानिस द्वन्द्वपछि चर्चामा आएका छन्। उनीहरूमा वास्तविक क्रान्तिकारीहरू कमै छन्। अधिकांश अवसरवादी मात्रै छन्। सच्चा त्याग र जीवन अर्पण गर्नेहरूको मोल रहेनछ। उसको वोली, शब्द, वाक्यमा छलकपट देखिन्नथ्यो। उ अत्यन्तै मृदुभाषि थियो। उसले सानो उमेर मै क्रान्तिको विगुल फुक्यो, पर्ढाई त्याग्यो, अन्यायलाई टेरेन, सामन्तिलाई घुँडा टेकायो, क्र्रान्तिको दौरान आफ्ना शरीरका अङ्गहरू गुमायो, राज्यसँग दुश्मनी मोले, समाजका जेठा बा, द्वारेबा, जिम्माल बासँग दुश्मन मोले, नवजात शिशु गुमाए, आफन्त गुमाए, समाजबाट टाढा पुग्न विवश भए।सारा सम्पत्ति पार्टीलाई बुझाए, सात कक्षा पढ्दै गर्दा किताब च्यातेर बर्जुवा शिक्षा बहिस्कार गर्दै हिडे, विभिन्न मोर्चामा अग्रणी भूमिकामा प्रस्तुत भए, युद्धमा दुश्मनलाई समेत अन्याय हुन दिएनन्। मानवीय संवेदनशीलताको प्रयोग उचित थियो। तर, बदलामा के पाए त? केवल पायो त द्वन्द्वका नमेटिने घाउका दागहरू। अनमिनको स्तरीकरणमा समेत उनको नाम सिफारिस भएन। उनीमाथि भगौडा र सुराकीको आरोप लाग्यो। तर, उनले आफ्नो सन्तानको उपचारमा जाँदा भगौडाको ट्याग भिर्न पुगे अन्ततः उनी अयोग्य घोषित भए। उ यस माया समाजको दुश्मनी थियो किनकी उ इमान्दार थियो।

उ पनि राजधानी मै बस्छ उनीहरूसँग  क्र्रान्ति गर्ने अन्य टाठा-बाठा नेताहरू पनि राजधानी मै बस्छन्। तर, फरक यति छ कि, उ इट्टाभट्टाको अस्थायी गाह्रोमाथि प्लाष्टिकले ढाकेको झुपडीमा बस्छन् अन्य टाठाबाठा भने सहरका महङ्गा-महङ्गा अर्पाटमेन्टमा बस्छन्। अरू चिल्लो पेरिस मार्वलमाथि महङ्गो कापर्ेटमाथि हिँड्छन् भने उनी पुराना कार्टु च्यातेर ओछ्याएको डसनामा सुत्छन्। कोही तीन लाखको पलङमा टिम्वा सिरक भित्र सुत्छन् भने उ जाडो नहोस् भनेर जिऊ तताउन लोकल रक्सी खाएर सुत्छ। फरक यति हो कि ऊ गाडीमा विहानै इट्टा लोड-अनलोड गने चढ्छ भने अरू चाहीँ विहानको एक्सरसाइज गर्न जिम हल जानलाई चढ्छन्। सहरमा नेताका सन्तानहरूलाई देख्दा लाग्छ सबै छोटा राजकुमार हुन्। उनीहरूको बुबाहरूले राज्य चलाइरहेका छन्। तर, पुनः सोच्छु उनकै बारेमा जसलाई सन्तानको उपचारमा जाँदा कारवाही गरियो रे। ‘क्रान्तिमा लम्किएको राता सिपाहीले आफ्ना आफन्त, नातागोता, सम्बन्ध इत्यादिको झंझरमा फस्नु भनेको क्रान्ति सफल नहुनु हो’ रे। कस्तो अचम्म कुुरा यदि त्यसो हो भने ठूला-ठूला नेताहरूका कति जना सन्तानहरूले प्रत्यक्ष जनयूद्ध लडे त ? प्रत्येक्ष युद्ध लडि कति नेताका छोराछोरीले वलिदान गरे त ? यी यावत विषय वस्तुको अलग्गै समिक्षा हुनु जरूरी छ।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width

trending post

ट्रेन्डिङ्ग