बुढानिलकण्ठ मन्दिर : छोटो चर्चा

आदर्श समाज सम्वाददाता
असार १०, २०७०

पोखरामा पनि बुढानिलकण्ठ मन्दिर छ भन्ने सुन्दा सुरूमा पत्यार लाग्न गाह्रो भए पनि कुरा सत्य हो । काठमाडौँ स्थित श्री श्याम प्रसाद प्रधान र श्रीमती रामेश्वरी पालिखे प्रधान (हाल अमेरिका) ले आफ्नो एक मात्र सन्तान ९ वषीय छोराको स्पिमिङ्ग पुलमा डुबेर देहवसान भएपछि ती दम्पति दुर्इले शोकलाई एक सामाजिक/सांस्कृतिक कार्यमा रुपान्तरण गरी स्वर्गीय छोरा सुमन सागर प्रधानको सम्झनामा पोखरा नगरपालिका वडा नं ४ पहिले साउने पाटी हाल बुढानिलकण्ठ चोक (फिर्केपुल) मा बुढानिलकण्ठको मन्दिर निर्माण गरी बुढानिलकण्ठ मन्दिर संरक्षण समिति गणेश मार्ग, बुढानिलकण्ठ चोक पोखरा-४ लाई हस्तान्तरण गरी सार्वजनिक गर्नु भएको छ। हुबहु काठमाडौँ बुढानीलकण्ठसँग मेल खाने ४ बाहु भएको हातमा शंख, चक्र, गदा र पद्म लिएका शिरमा ११ नागहरुबाट सुसज्जित करिब ४ फिटको पत्थरद्वारा निर्मित बुढानिलकण्ठको मूर्ति नागमाथि सयन मुद्रामा करिब २० फिट लम्बाइ, १० फिट चौडाइको निलो टायल जडित कुण्डमा पूर्व शिर पश्चिम पाउ गरी भगवान् विराजमान हुनुहुन्छ । कुण्डको पूर्व भित्तामा पित्तलद्वारा निर्मित कलात्मक गौमुख रहेको छ जहाँबाट कुण्डमा आवश्यक पर्दा पानी आउने व्यवस्था मिलाइएको छ । कुण्डको वरिपरि फलामको रेलिङ्गबाट संरक्षण गरी सो माथि १०८ पित्तलबाट निर्मित बत्ती बाल्ने पालाहरु जडान गरिएको छ । कुण्डको पश्चिम पट्ट िलक्ष्मी र नारायणको फोटाहरु टायलले सजिएको तुलसीको मोठ रहेको छ । भगवानको मूर्तिमा पुग्नका लागि सिँढीहरु बनाइएको छ जसमाथि पोखरेली नमुना झल्कने मनमोहक छपनी ढुँगाहरु बिछ्याइएको छ । त्यसरी नै मन्दिर परिसर तथा भित्ताहरुमा समेत त्यस्तै ढङ्गााहरु टाँसिएका छन् । मन्दिरको उत्तर पूर्व परिसरमा सिमेन्टद्वारा तयार गरिएको टायलले सजिएको खम्बामा ढलौटबाट निर्मित कलात्मक घण्ट झुण्ड्याइएको छ ।

करिब ३ आना क्षेत्रफलमा बनेको यस मन्दिर परिसरक्षेत्रमा कम्पाउण्ड वालसहित कलात्मक पित्तलको गजुर भएका दुर्इ द्वारहरू छन् । यसको भित्री भागको दक्षिणमा पत्थरद्वारा निर्मित श्री गणेश तथा राधाकृष्ण, पश्चिममा देवी तथा सरस्वतीको तथा पूर्वमा श्री महादेबको मूर्तिहरू सजिएका छन् । मन्दिर परिसरमै एक कोठा भजन, किर्तन एवम् प्रवचन आदि प्रयोजनको निमित्त सत्तल समेत रहेको छ । यहाँ रहेको सम्पूर्ण निर्माण संरचनाहरू करिब १० लाख रूपैयाको लागतमा उनै प्रधान दम्पतिबाट निर्माण सम्पन्न भएको हो।

सुरूमा चौतारा सहितको पिपलको रुख भएको सो स्थलमा दुर्र्व्यसनीहरुको अखडा समाज दुषित गर्ने स्थलको रूपमा परिचित सो ठाउँ सृजनशिल महिला समूहको अध्यक्ष श्रीमती प्रभा कोइराला, महिला समुह, बुद्धिजीवी, स्थानीय समाज सेवीहरुको पहलमा मुख्यत स्व. देवी कुमारी पालिखे तथा जयन्द्रमान पालिखेको सक्रियतामा उक्त स्थान हालको विकसित रूपमा रुपान्तरण भएकामा यस भेगका सम्पूर्ण जनताहरु हर्षले गदगद छन् ।

नित्य पूजा पाठका लागि एक पुजारीको व्यवस्था भएको उक्त मन्दिरमा महाशिवरात्री पर्वमा सामुहिक ब्रतबन्ध -चुडाकर्म), चौमास एकादशी पर्वमा दैनिक भजन किर्तन, आध्यात्मिक प्रवचन, सरसफाई हरितालिका तिजमा तिज गीत प्रतियोगिताको कार्यक्रमको व्यवस्था भएको यस धाममा प्रत्येक वर्षको फाल्गुन १८ गते वाषिर्क उत्सवको उपलक्ष्यमा समितिको सक्रियतामा विभिन्न कार्यक्रमहरु हषोर्हल्लासका साथ सम्पन्न हुने गर्दछ ।

२०६३ सालमा स्थानीय समाजसेवी श्री श्यामबहादुर कोइरालाको अध्यक्षतामा निर्माण समिति गठन भई कार्य सम्पादन भएको साथै २०६९ सालमा श्री श्यामबहादुर कोइरालाको अध्यक्षतामा बुढानिलकण्ठ मन्दिर संरक्षण समिति समेत गठन भै नेपाल सरकारको सम्बन्धित निकायमा नियमानुसार दर्ता समेत भएको छ ।

कोइरालाहरुको विर्ताको जग्गा (पछि सार्वजनिक)मा पिपलको रुख मुनि चचेको करिब ३ आना २ दाम क्षेत्रफल जग्गा बुढानिलकण्ठ मन्दिर संरक्षण समिति अन्तर्गत भोग चलनमा आएको साथै उक्त पिपलको रुख काटी विक्रीबाट आएको दश हजार रूपैया मात्र उक्त निर्माणको सुरुवातमा खचेको समाजसेवी श्रीमती प्रभा कोइराला तथा श्री शंकर कोइराला बताउनु हुन्छ ।

हालै २०७० बैशाख २७ गते दाताद्वय श्री श्याम प्रसाद प्रधान तथा वहाँकी धर्मपत्नी रामेश्वरी पालिखे प्रधानद्वारा एकाह, पितृ पुराण आदि धार्मिक अनुष्ठान गरी मन्दिर परिसरकै दक्षिण तिर ८०-९० लाख बराबरको १४ आना जग्गा समितिलाई प्रदान गर्नु भएको छ भने भविष्यमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ । समितिले पनि वहाँहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै वहाँहरुको भव्य सम्मान गरेको थियो ।

यसरी पोखरा नगरीमा एउटा अमूल्य धरोहर थपिने कामको सुरुवात भएको छ । यो धरोहर पछिसम्म प्रेरणाको श्रोतमा रहने वास्तविक कुरामा पूर्ण विश्वस्त छौँ । यो पवित्र स्थल धार्मिक, सामाजिक/सांस्कृतिक, आन्तरिक एवम् बाहृय पर्यटकीय गन्तव्यस्थलको रूपमा विकसित हुन सकोस् यही हाम्रो शुभकामना ।

स्व. बाबु सुमन सागर प्रधानप्रति हाम्रो श्रद्धा सुमन । यसलाई धार्मिक क्षेत्रमा विकसित गर्ने कार्यमा सक्रियताको साथ लाग्नु हुने स्व.देवी कुमारी पालिखे र वहाँका परिवारजन, समिति तथा स्थानीय समाजसेवी तथा धार्मिक व्यक्तित्वहरुलाई अनेकन धन्यवाद।

मूलतः हामी पोखरेलीहरु श्री श्याम प्र्रसाद प्रधान तथा वहाँकी धर्मपत्नी रामेश्वरी पालिखे प्रधान पोखरेली चेलीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

ती दम्पत्तिलाई बुढा निलकण्ठ नारायणले सदा आशिष दिइरहुन् । वहाँहरुको धैर्य र समर्पणलाई पोखरेली जनताहरुले चिर कालसम्म उच्च आदरका साथ सम्झने छन् ।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width

trending post

ट्रेन्डिङ्ग