प्रकृति र प्राणी

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७१

मनुष्य सदैव प्रकृतिको ऋणी हुन्छ। आमाबाबुले जन्ममात्र दिन्छन् तर भरण, पोषण, बास-गास-कपास दिएर प्रकृतिले उद्वार गर्छिन्, प्रकृति नै महाशक्ति इश्वर, देव हुन्। हामीले यदि जंगल फाड्ने, डढेलो लगाउने, पशुपंक्षी मार्ने गर्‍यौं भने प्रकृतिले अतिवृष्टिबाट पहिरो-बाढीबाट धनजनको नोक्सान गर्छिन् यदि बोट विरुवा हुर्काउने, पशुपंक्षी नमार्ने, रुख नकाट्ने आगो नलगाएमा कहिले पहिरो जाँदैन र वातावरण स्वच्छ, हराभरा शीतल हुन्छ। जडिबुटी, पानीका मूल फुट्छन्, वर्षा हुन्छ, खेतीपाती गरिन्छ। जीवन धान्न सजिलो हुन्छ। प्रकृत्रि्रति श्रद्धा, करुणा, प्रेमले गर्दा प्रकृतिले प्राणीप्रति लाभ वर्षाउँछिन्। प्रकृतिबिना प्राणी बाँच्न सम्भव छैन। हावा, पानी, खाना, बास, घाम नपाएमा प्राणीको अन्त हुन्छ, प्रकृति र प्राणी मित्र हुन्। प्राणीविना प्रकृतिको अस्तित्व सम्भव छ तर प्रकृति बिना प्राणी अस्तित्व असम्भव छ, त्यसैले प्रकृतिसँग सामञ्जस्यता राख्नु अनिवार्य छ। आज मानिसले वनजंगल फाँडेर घर, कारखाना, खानी बनाउँदा हावा तातो, भूमि तातो भएको छ। विषाक्त र रसायनले गर्दा खानेकुरा खाएर रोगको महामारी फैलिएको छ। कैयौंको ज्यान अनाहकमा गइरहेको छ, अति औद्योगिकरणले गर्दा बाढी पहिरो, भूकम्प, कम वर्षा, बढी वर्षाले प्राणीहरुले दुःख कष्ट भोग्नुपर्दा, रुख विरुवा प्रकृत्रि्रति जनसाधारणले खेलाची ठान्दा पृथ्वीमा प्राणी मात्रलाई बाँच्न कठिन भएको छ। प्राकृतिक वन, जंगल, पहाड, खोला हिमाल छुने देश उजाड हुन लागिसके, बरु मरुभूमिमा नहरबाट सिँचाई गरी खेती हुँदैछ, खेती हुने ठाउँ घर र प्लटिङले खाँदा प्राकृतिक विनाश भोग्दै छन्। पाश्चात्य देशले ताप वृद्धि गरे पनि पृथ्वी चिस्याउने हर उपाय गर्दैछन्। छतहरुमा घाँस, गार्डेन, फूल तरकारी उमारेर सक्दो हरियाली बनाउने प्रयास टी.भी., पत्रपत्रिकाबाट थाहा पाइन्छ। संसारका ठूला वैज्ञानिक दार्शनिक प्रकृति नै देवता हुन्। देवताको अस्तित्व छैन जो सर्व शक्तिमान छ उही देव हो भनी प्रकृतिजस्तो शक्तिशाली अरु न हुँदा उही देव भनिरहेका छन्। प्रकृतिले पहाडलाई मैदान, समुन्द्रमा आँधी, बालुवालाई पहाड, नदीलाई ताल बनाइ रहेको छ। प्रकृतिको शक्ति, विनाश लीला बुझेर अझै मानव सचेत हुन नसक्दा पृथ्वीमा दुःखका बवण्डर भइरहन्छन्। मानवबाट हुने हत्या, हिंसा, अमर्यादित कार्य, घात प्रतिघात, देह व्यापार आदि अनैतिक व्यवहारबाट पनि कहिलेकाहीँ प्रकृतिले बदला लिन्छिन् र आफू सर्वशक्तिमानको ताण्डव नृत्य देखाउँछिन्।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width

trending post

ट्रेन्डिङ्ग