थकाली खाना : एक चर्चा

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७३

थकाली खानाबारे परिचित नहुने कमै होलान्। स-साना भोजनालयदेखि पा“चतारे होटलको मेनुमा समेत थकाली खानाको परिकारबारे उल्लेख गरिएको हुन्छ। नेपालको मध्य उत्तरी भाग हिमालपारिको मुस्ताङ जिल्लालाई आफ्नो उद्गमस्थलको रुपमा मान्यता दिने थकाली जातिले नै थकाली खानाले धैरैलाई फरक स्वाद दिइरहेका छन्। नेपालको पहाडदेखि तराई, पूर्वदेखि पश्चिमका ठाउँ-ठाउ“मा नेपालीले थकाली खाना पाएसम्म प्राथमिक दिने गर्दछन्। सायद यसै कारणले धेरै भोजनालयको विज्ञापन, प्रचारप्रसार गर्दा आकर्षक भाषामा थकाली खान पाइन्छ भनेर लेखिएको पाइन्छ। थाकखोलाको उच्च हिमाली भेगमा चामल उत्पादन हुँदैन तर पनि थकालीहरूले त्यहीका वस्तुबाट तयार पारिएको खानामा बिर्सन नसकिने स्वाद मिठासको जति चर्चा गरे पनि कम नै हुन्छ।  सरसफाइलाई प्राथमिकतामा राख्ने थकाली जातिले खाना पकाउने भान्छाघर, खाना खाने ठाउँको साथसाथै प्रयोग गरिने थाल, कचौरा, भाडाकुडा पनि पुख्यौर्ली शैलीमा सजाउनाले थप आकर्षण देखिन्छ।

खानाको स्वाद, नरम भात, मुस्ताङ्गे बोडी, कालो दाल, मुला, गोलभेडा, लसुनको अचारका परिकार, जिम्बु, टिमुरको पिरो (छोप)को वासनाले खानालाई थप स्वादिष्ट बनाइदिन्छ। अधिकांश थकाली खाना मन पराउनेहरू दोहर्‍याइ-तेहर्‍याइ खानाको स्वाद लिने गर्दछन्। स्वादिष्ट खाना खान आउने अतिथिलाई शिष्ट व्यवहार देखाउने थकालीको पुख्यौर्ली संस्कार नै हो। हिमाली उच्च भागमा फल्ने फापर, आलु र मेथीको बिषेश महिमा छ।फापरलाई ढुङाघट्मा पिंधेर बनाइएको पिठोबाट तयार गरिएको ढिंडोको स्वाद आफ्नै प्रकारको छ। जो आजकाल ढिंडो खाने चलन पनि निकै लोकप्रिय भएको छ। यो स्वास्थका लागि धैरै उपयोगी मानिन्छ। यस्तै, फापरको पिठोबाट अनेक खानाका परिकार तयार गरिन्छन्। चिसो हावापानीमा हुने आलुको मिठास स्वादमा धेरै खानाका  परिकार तयार गरिन्छन्। फापरको सागबाट तयार गरिएको सुप पनि स्वादिष्ट हुन्छ। जसको थकाली खानामा आफनै पहिचान छ। वास्तवमा थकाली खानाले एक प्रकारको ब्राण्ड लिइसकेको छ। जहाँ पनि खानाको चर्चा हु“दा थकाली खाना खानेबारे खोजीनिति हुन थाल्छ।

मेहनत, परिश्रम र इमान्दारीतालाई आफ्नो जीवनको सर्वश्रेष्ठ विषय ठान्ने थकालीहरू थकाली खानाको भान्छाघर सञ्चालनमा व्यस्त देखिन्छन्। पोखरा, राजधानीलगायतका पर्यटकस्थलमा थकाली भान्छाघर विभिन्न नामले सञ्चालन गरेको पाइन्छ। स्वदेशदेखि अन्तर्राष्ट्रियसम्मका प्रमुख सहर जस्तै न्यूयोर्क सहर स्थित ज्याकसन हाइट्मा थकाली भान्छा घर र याक रेस्टुरा नामले प्रख्यात छन्। ती रेस्टुरामा प्रवेश गर्दा थकालीको जीवनशैली झल्किने गरी राखिएका तस्विरहरु र सजाइएका थरिथरिका भाँडाकुँडाले निश्चय पनि आकर्षकको साथसाथै थकालीको पहिचान दिएको छ।

थकाली खानाको स्वाद लिन चाहने स्वदेशी र विदेशीको चाप निकै देख्न सकिन्छ। ग्राहकको चापले गर्दा समय लियर पालोमा बस्नुपर्ने हुन्छ। थकाली खानाको स्वाद लिन पर्खाइमा रहनु स्वभाविक छ। जापान, अष्ट्रेलिया, बेलायत र अमेरिकाका  विभिन्न सहरमा पनि थकाली खानाले राम्ररी बजार लिन सफल देखिन्छ।

ब्राण्डेड सामानले बजार स्थापित गरेजस्तै थकाली खानाले ब्राण्ड राख्न सफल भएको छ। निश्चय पनि यसमा थकाली जातिको साथसाथै हामी सबै नेपाली गौरवान्वित हुनुपर्छ।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width

trending post

ट्रेन्डिङ्ग