मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ । विषम भू–बनावट, कमजोर भौगर्भिक अवस्था, मौसमी विषमता तथा जलवायु परिवर्तनका साथै जनसंख्या वृद्धि, गरिबी, अव्यवस्थित सहरीकरण र प्रकोप जोखिमलाई ध्यान नदिई गरिने विकास निर्माणका कार्यहरूले गर्दा नेपाल विपद्को उच्च जोखिममा रहेको छ । जलवायु परिवर्तनका कारण मौसमजन्य प्रकोपहरूको प्रकृति, मात्रा र प्रवृत्ति फरक हुँदै गएको छ । जसका कारण विपद् व्यवस्थापनमा नयाँ चुनौतीहरू थपिँदै गएका छन् । नेपालमा हरेक वर्ष ५ सयभन्दा बढी विभित्र प्रकोपका घटनाहरू हुने गर्दछन् ।
जसमध्ये बाढी, पहिरो, डुबान, भूकम्प, चट्यांग, आगलागी, हावाहुरी, हिमताल बिस्फोट, सडक दुर्घटनालगायत प्राकृतिक र गैरप्राकृतिक विपद्का घटनाहरू नियमितरुपमा घट्ने गरेका छन् । यसको परिणामस्वरूप ठूलो मात्रामा जनधनको क्षति हुने र जीविकोपार्जनमा प्रतिकूल असर पर्ने गरको छ । विश्व परिवेशमा विपद्को दृष्टिकोणबाट नेपाललाई हेर्दा नेपाल भूकम्पीय दृष्टिकोणबाट ११ औं अति जोखिम राष्ट्रको रुपमा रहेको, बाढी पहिरोबाट ३० औं अति जोखिम, सडक दुर्घटनाबाट मृत्युदरको आधारमा ५० औं अति जोखिम जलवायुु परिवर्तनमा ४ औं अति जोखिम –(गृृह मन्त्रालय २०१५) रहेको छ भने नेपाल समग्रमा विश्वमा २० औं विपद् संकटासन्न राष्ट्रमा पर्दछ । नेपालमा रहेका २१० केन्द्रहरूको हालको वर्षाको प्रवृत्ति विश्लेषण गर्दा नेपालभर पूर्व मनसुन वर्षा बढिरहेको देखिन्छ भने मनसुनपश्चात् वर्षा घटिरहेको देखिन्छ । (सन् १९८१ देखि २०२० सम्म) नेपालभर लगातार सुक्खा दिनहरूको संख्यामा बढ्दो प्रवृत्ति र पानी पर्ने दिनहरूको संख्यामा घट्दो प्रवृत्ति देखिएको छ, जसले देशभर सुक्खा अवधि लम्बिएको संकेत गर्दछ । देश भरिका वर्षा सूचकांकको तीव्रताले विशेष बाढी, पहिरो र खडेरीको जोखिमलाई संकेत गर्दछ । २१० केन्द्रहरूको हालको वर्षाको प्रवृत्ति विश्लेषण गर्दा नेपालभर पूर्व मनसुन वर्षा बढिरहेको देखिन्छ भने मनसुनपश्चात् वर्षा घटिरहेको देखिन्छ । (सन् १९८१ देखि २०२० सम्म) नेपालभर लगातार सुख्खा दिनहरूको संख्यामा बढ्दो प्रवृत्ति र पानी पर्ने दिनहरूको संख्यामा घट्दो प्रवृत्ति देखिएको छ, जसले देशभर सुक्खा अवधि लम्बिएको संकेत गर्दछ । देशभरिका वर्षा सूचकांकको तीव्रताले विशेष बाढी, पहिरो र खडेरीको जोखिमलाई संकेत गर्दछ ।
विपद्को दृष्टिकोणबाट नेपालका प्रदेशहरूमध्ये गण्डकी प्रदेश एक जोखिमयुक्त प्रदेशको रुपमा रहेको छ । भौगोलिक रुपमा गण्डकी प्रदेशले हिमाल, पहाड र तराई गरी ३ वटै धरातलीय स्वरुपलाई समेटेको छ । त्यस्तै हावापानीको दृष्टिकोणले यस प्रदेशमा नेपालमा पाइने सबै प्रकारको हावापानी विद्यमान रहेको छ । गण्डकी प्रदेशअन्तर्गत रहेका ११ जिल्लाहरूको आर्थिक वर्ष २०७६/२०७७ देखि आर्थिक वर्ष २०८०/२०८१(कार्तिक मसान्त) सम्म विभिन्न विपद्का घटनाहरूबाट भएको मानवीय क्षतिको विवरण हेर्दा आर्थिक वर्ष २०७६/२०७७ मा कुल मृत्यु १ सय ४४, घाइते २ सय ७४, आर्थिक वर्ष २०७७/२०७८ मा मृत्यु १ सय ४२, घाइते १ सय १०, आर्थिक वर्ष २०७८/२०७९ मृत्यु ४९ घाइते ७५, आर्थिक वर्ष २०७९/२०८० मृत्यु ३३ घाइते ७७ र आर्थिक वर्ष २०८०/२०८१(कात्तिक मसान्तसम्म) मृत्यु ४ र घाइते १ भएको देखिन्छ । गण्डकीमा मुख्य गरी भूकम्प, आगलागी, बाढी, पहिरो, हावाहुरी, चट्याङ, खडेरी जस्ता प्रकोपहरूको प्रभाव बढी देखिन्छ । यसरी हेर्दा गण्डकी प्रदेश मुख्यतया बाढी, पहिरो, आगलागी, हिमपहिरो, चट्याङ, भूकम्प जस्ता प्रकोपहरूबाट बर्सेनि प्रभावित हुँदै आएको पाइन्छ । अति कम वर्षा हुने मुस्ताङ र मनाङ जिल्लामा पनि बाढीको प्रकोप देखिएको छ ।
देशभरिका वर्षा सूचकांकको तीव्रताले विशेष बाढी, पहिरो र खडेरीको जोखिमलाई संकेत गर्दछ
गण्डकी प्रदेश अन्तर्गत विपद् व्यवस्थापनका नीतिगत प्रयासहरू
गण्डकी प्रदेशअन्तर्गत विपद् व्यवस्थापनमा विभिन्न नीतिगत व्यवस्थालाई केलाएर हेर्दा निम्नअनुसार नीतिगत व्यवस्था रहेको छ ।
गण्डकी प्रदेशअन्तर्गत विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना २०७७ देखि २०८७ (सन् २०२० देखि २०३०) मा ६ वटा लक्ष्य निर्धारण गरिएको छ जसअन्तर्गत ४ वटा प्राथमिकताका क्षेत्र र १४ वटा प्राथमिकताका कार्यक्षेत्र रहेका छन् । यो रणनीतिक कार्ययोजना कार्यान्यवनका गर्न १० वर्षसम्मको अनुमानित बजेट १३ अर्ब ६ करोड ६९ लाख गरिएको छ ।
विपद् व्यवस्थापनमा गण्डकी प्रदेश सरकारबाट भएका प्रयास
विपद् व्यवस्थापनलाई अझ बढी प्रभावकारी बनाउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनअन्तर्गत रही गण्डकी प्रदेशअन्तर्गत विपद् व्यवस्थापन परिषद् र कार्यकारी समितिको गठन गरिएको छ । त्यसैगरी प्रदेशअन्तर्गत प्रदेश विपद् व्यवस्थापन कोषको स्थापना गरिएको छ । उक्त विपद् व्यवस्थापन कोष १ करोडबाट वृद्धि गरी २ करोड पुर्याइएको र कोषमा ५ करोडको सुनिश्चितता गरिएको छ । विपद् पूर्व तयारीस्वरुप पूर्व सूचना प्रणाली जडान कार्य कास्कीको सेतीनदीको ज्यामिरेबारी, हर्पनखोलाको पामे, म्याग्दी जिल्लाको कालीगण्डकीको वेणीबजार वेणी र तनहुँ जिल्लाको सेतीनदीको दमौलीमा जडान गरिएको छ । त्यसैगरी विपद् पूर्वतयारी स्वरुप विपद् नमूना अभ्यासका कार्यक्रमहरू सेती खोज उद्धार प्रदेश प्रहरीबाट, आगो नियन्त्रण नेपाली सेना, पानीमा डुबेको उद्धार सशस्त्र प्रहरी, सडक दुर्घटना सुरक्षा निकाय र रेडक्रसबाट भएको छ । हिमाली पदमार्गमा उद्धार केन्द्र एवं आश्रयस्थल निर्माण कास्कीको अन्नपूर्ण गाउँपालिका,मनाङको चामे सिंगर तालमार्ग (काजिन सारा) मुस्ताङको लोघेकर दामोदर कुण्ड त्यसैगरी यस प्रदेशको जोखिमयुक्त क्षेत्रहरूको वैज्ञानिक नक्सांकन, प्रदेशभित्र आपतकालीन स्थितिको लागि सुरक्षित आश्रयस्थलको व्यवस्था विपद्सम्बन्धी जनचेतनाका कार्यक्रमहरू सञ्चालन, विपद पूर्व तयारीस्वरुप विपदसम्बन्धी जनचेतनाका कार्यक्रमहरू सञ्चालन, विपद् पूर्वतयारीस्वरुप दुर्लभ रतm समूह पहिचानको पहिचान संकलन तथा सञ्चालीकरण, विपद् राहत तथा उद्धारका सामग्रीहरू खरीद गरी सुरक्षा निकायलाई दिने तथा भण्डारण गर्ने कार्य भएको छ ।
प्रदेश विपद् व्वस्थापनबाट राहत वितरणसम्बन्धी व्यवस्था निम्नअनुसार रहेको छ ।
विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापनमा संघ संस्थाहरूको भूमिका:
नदीको माथिल्लो भागमा अति वर्षा भएको अबस्थामा तल्लो तटीय क्षेत्रमा बस्ने मानिसहरूलाई प्रभावकारी सूचना प्रणाली स्थापना गर्नुपर्ने देखिन्छ ।
(लेखक विपद् व्यवस्थापन उपसमिति नेपाल रेडक्रस सोसाइटी गण्डकीका संयोजक हुन् । )
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१