भेन्टिलेटर खरिदका कागजपत्र अख्तियारमा

रासस
वैशाख ५, २०७७
00VIRUS-VENTILATORS-01-mobileMasterAt3x

कञ्चनपुर, ५ वैशाख । अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ । उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको हो ।

भेन्टिलेटरलगायतका उपकरण खरिदका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धानको कार्य शुरु गरिएको अख्यिारको उक्त कार्यालयका प्रवक्ता टोपबहादुर विष्टले बताए । खरिद गरिएका भेन्टिलेटर, वल्ड ग्यास एनलाइजर, डिफिब्रिलेटर तथा मोनिटरलगायतका उपकरण सम्बन्धमा अस्पताल व्यवस्थापन समितिले जानकारी नभएको जनाएपछि खरिद प्रक्रियामा अनियमितताको आशङ्का गरिएको थियो । महाकाली अस्पतालले चैत १६ गते बोलपत्र आह्वान गरेको भएता पनि बोलपत्र स्वीकृतिको प्रक्रिया अस्पताल खरिद एकाइ तथा मूल्याङकन समितिको हुने हुँदा बोलपत्रसम्बन्धी व्यवस्थापन समितिलाई जानकारी नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए ।

बोलपत्र प्रक्रियामार्फत चैत २९ गते महाकाली अस्पताललाई प्राप्त भेन्टिलेटर सन् २०१५ को पुरानो मोडलको छ । भेन्टिलेटरसहितका उपकरण तथा सामग्री आपूर्तिकर्ता कम्पनी आरजे सप्लायर्सले ठेक्का सम्झौताअनुसार ५३ लाखमा उपलब्ध गराएको हो । पुरानो मोडलका प्रयोग भइसकेका भेन्टिलेटरसहितका उपकरण अस्पतालमा पुगेपछि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको प्राविधिक टोलीले निरीक्षण गर्दै अस्पतालका लागि ल्याइएका उपकरण पुराना रहेको ठहर गरेको थियो ।

मन्त्रालयका बायोमेडिकल इञ्जिनीयर हरेन्द्र चटौतको नेतृत्वमा आएको प्राविधिक टोलीले भेन्टिलेटर सन् २०१५ डिसेम्बरमा बनेको, ट्रलीबाट ह्वीलसम्म खिया लागेको, अक्सिजन पाइपमा खिया लागेको, देब्रेपट्टिको भागमा ७/८ सेन्टिमिटर कालो दाग, एक घण्टा ब्याकअप दिने ब्याट्री नभएको औँल्याएको थियो । यसैगरी, टोलीले डिस्प्ले र नोभ फोहर अवस्थामा रहेको, सफ्टवेयरअनुरुप फिलिप्स कम्पनीको भेन्टिलेटर दुई घण्टा चलेको, क्यालिब्रेसन नगरेको र स्पेसिफिकेसनअनुरुप भेन्टिलेटरका अन्य एसेसिरिज नभएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width