निर्वाचन क्षेत्र विकासको रकम कोरोना रोकथाममा खर्चन माग

रासस
वैशाख ५, २०७७
ramji-baral

पोखरा, ५ वैशाख । पोखरेलीहरूले प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम कोरोना रोकथाम र राहतमा खर्च गर्न माग गरेका छन् । राहत वितरणको अनुगमनका क्रममा पोखरा महानगरपालिकाको वडा नं १ र २ मा पुगेका गण्डकी प्रदेशसभा सदस्य रामजी बराल ‘जीवन’ सँगको छलफलमा स्थानीयवासीले सङ्क्रमण रोकथाम अहिलेको मुख्य अवश्यकता भएको बताएका हुन् ।

वडाध्यक्षसहितका प्रतिनिधिसँगको छलफलमा सहभागीले लकडाउनका कारण मानसिकरूपमा धेरै त्रास भएको बताउँदै कृषि उत्पादनका साथै अन्य उत्पादन गर्ने उद्योगलाई कोरोना सङ्क्रमणप्रति सचेत बन्दै सामाजिक दूरी कायम गरी सञ्चालनको वातावरण मिलाउन माग गरेका थिए ।

प्रदेशसभा सदस्य बरालले देशको विद्यमान समय र परिस्थिति एवं जनचाहनाअनुसार अघि बढ्ने विश्वास व्यक्त गर्दै प्राप्त सकारात्मक सुझावलाई प्रदेशसभा तथा सरकारमा पुर्याउने बताए । मानव जातिको अस्तित्व नै सङ्कटमा पार्ने गरी फैलिएको भाइरसको सङ्क्रमणबाट आफू बच्नु र अरुलाई बचाउनु वर्तमानको आवश्यकता भएको उनले औंल्याए । छलफलमा पोखरा १ र २ का वडाध्यक्ष शारदा पराजुली र रामेश्वर मल्लले पहिलो चरणमा भएको राहत वितरणबारे जानकारी गराएका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width