फिदिम, ४ वैशाख । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले मदिराजन्य पदार्थ उत्पादन गर्ने व्यक्तिलाई खाद्यान्न बिक्री नगर्न व्यवसायी तथा स्थानीयवासीलाई आग्रह गरेको छ । लकडाउन लम्बिँदै जाँदा खाद्यान्न अभाव हुन सक्ने भएकाले गाउँपालिकाले मदिराजन्य सामग्री उत्पादन गर्ने उद्देश्यसहित हुने खाद्यान्न खरीदबिक्रीमा रोक लगाएको हो ।
गाउँपालिकाले मदिरा उत्पादन गर्ने व्यक्ति, समूह वा व्यवसायीलाई खाद्यान्न बिक्री नगर्न स्थानीय व्यवसायीलाई आग्रह गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै खाद्यान्नको प्रयोग गरी मदिराजन्य पदार्थको उत्पादन गर्न पूर्ण रुपमा बन्देज गरेको छ । गाउँपालिकाको निर्देशन पालना नभए कानूनी कारवाही गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले बताए । उक्त गाउँपालिकाले धान, मकै, कोदोलगायत स्थानीय खाद्य उत्पादन विक्री वितरण नगर्न समेत स्थानीयवासीलाई आग्रह गरेको छ ।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१