पर्यटन विज्ञ त्रिपाठीले दिए पर्यटन जोगाउन सात बुँदे सुझाव

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७७
Basu Tripathi

वासु त्रिपाठी

रुपनारायण ढकाल : पोखरा, ४ चैत । पर्यटन विज्ञ एवं व्यवसायी वासु त्रिपाठीले कोरोनाबाट प्रभावित नेपाली पर्यटन क्षेत्रलाई जिवितै राख्न सात बुँदे सुझाव दिएका छन् ।

उनले हालै सार्वजनिक गरेका सुझावहरुको पहिलो बुँदामा कोरोना महामारी बिस्वभरी एकै चोटी समाप्त नहुने र सबै देशहरु बराबरी प्रभावित हुने पनि छैनन् भन्दै हाम्रो देशको स्रोत बजार मध्ये कहाँ के भै रहेको छ , कहाँ कहिले बाट उडान सुरुगर्न सकिन्छ भेन्ने बारेमा नेपाल पर्यटन बोर्ड र र पर्यटन मन्त्रालयले अध्ययन सुरु गर्नुपर्ने सुझाव दिएका छन् ।

यसैगरी नेपाल भित्रका सरकारी स्वामित्वका पूर्वाधारहरुलाई दुरुस्त राख्ने वा स्तरोन्नती गर्नुपर्ने उल्लेख गरेका छन् । निजि क्षेत्रका पर्यटन सेवा प्रदायक हरुको हालत के छ बुझीराख्ने र स्थिति सामान्य हुने वित्तिकै सबै सेवामा फर्कन सक्ने अवस्थामा राख्न पनि उनको सुझाव छ ।

बैंक बाट कर्जा लिएर व्यवसाय गरेकालाई अहिले क्यास फ्लोको समस्या रहेको स्मरण गराउँदै त्रिपाठील दुई वर्ष सम्म कायम रहने गरी पाँच प्रतिशतको हाराहारीमा ब्याज दर रहने गरी साविक कर्जामा थप २० प्रतिशत ओभर ड्राफ्ट संकट व्यवस्थान कर्जा उपलब्ध गराउने र आफ्नो व्यवसाय तयार अवस्थामा राख्न लगाउने बताएका छन् ।

त्यस्तै कोरोनाको अवस्था सामान्य हुनासाथ सुरुमा देशभरिका सरकारी कोषबाट तलब खाने कर्मचारीलाई स्वदेश घुम्न का लागि पेड लिभ कन्सेक्सन उपलब्ध गराउने सुझाव पनि उनको छ । यसैगरी हाम्रो परम्परागत पर्यटन बजार जस्तै युरोप, अमेरिका, अष्ट्रेलियाको अवस्था सामान्य हुन र मानिसहरुमा ट्राभलिङ मुडको विकास हुन तुलानात्मक रुपमा बढी समय लाग्ने जस्तो देखिएको हुनाले भारत र चीन मध्ये पुर्व तथा एसिया का मुलुक मा बजारको सघन खोजि गर्ने र बजारीकरण तथा हवाई सेवा सुरु गर्ने सुझाव पनि उनको छ ।

व्यवसायी तथा मानव संसाधनलाई पर्यटन बाट पलायन हुने नदिन विशेष प्रकारका प्रोत्साहन प्याकेज ल्याउने विषय पनि उनले उल्लेख गरेका छन् । यसैगरी एक हप्ता अघि पनि उनले केही सुझाव राखेका थिए । उनले लेखेका थिए– कोरोनाको महामारीले विश्व आज आक्रान्त बनि रहेको छ । नेपालले पनि सो रोगसंग लड्नु परि रहेको छ । नेपालको अर्थतन्त्रमा यसको ठुलो नकरात्मक प्रभाव पर्ने वाला छ सायद कुनै पनि पक्ष्य अछुतो छैन होला ।

हाम्रो देशको लकडाउन सकिना साथ अन्य क्षेत्रहरुले पुरानो लय समात्न सुरु गर्लान यद्यपि साविक स्थानमा फर्कनका लागि निकै समय र मेहेनत लाग्ला । तर पर्यटन क्षेत्रले सास फेर्न मात्र पनि विश्व भरिबाट कोरोना समाप्त हुनुपर्छ । पर्यटन क्षेत्रमा मुख्य गरि होटेल, रिसोर्ट जस्ता स्थायी संरचना र गुणस्तरीय सवारी साधनमा खरबौं लगानी भएको छ जसको ठुलो हिस्सा बैंक तथा वित्तीय संस्थाको लगानी छ ।

यति मात्र होइन पर्यटनका रेस्टुरेन्ट, ट्राभल, ट्रेकिंग, गार्मेन्ट, हवाई सहासी व्यवसाय लगायतका दर्जनौं विधाहरुमा पनि इक्वीटी र बैंकको गरी थुप्रै लगानी भएको छ । पर्यटन क्षेत्रमा सरकारले किसानको कर्जा मिनाहा गरे जस्तो मिनाहा गर्न त माग पनि नहोला र सम्भव पनि नहोला तर सरकारले मोटामोटि रुपमा निम्न दुइ कुरा सम्बोधन हुने गरी नीतिगत व्यवस्था गरेमा केहि राहत हुने थियो होला ।

पहिलो, सबै प्रकारका पर्यटन व्यवसायमा प्रवाह भएको कर्जाको ब्याजदर सिंगल डिजिटमा सिमित गर्ने र दोश्रो साविक धितोमा पुरक सम्झौता गरेर कम्तिमा २० प्रतिशत थप संकट व्यवस्थापन कर्जा प्रदान गर्ने र सो थपिएको कर्जाबाट बैंक किस्ता तथा ब्याज भुक्तान गर्न पाउने व्यवस्था गर्ने । यसो गर्न सकेमा सरकारलाइ आर्थिक भार पर्दैन, बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानी व्यवस्था गर्नु पर्दैन र व्यवसायीले पनि अवस्था सामान्य नहुँदा सम्म धानिने अवस्था सृजना हुन्छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width