लकडाउन उलंघन गर्नेलाई प्रहरी कार्वाही

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७७
b bazar

राजेशचन्द्र राजभण्डारी-बागलुङ, ४ वैशाख । कोरोना भाइरस कोभिड १९ लाई लक्षित लकडाउन मजबुत बनाउन बागलुङ प्रहरी कडा रूपमा प्रस्तुत भएको छ । दुई दिन यता बागलुङ बजारबाट लकडाउन उलंघन गर्ने ३ दर्जनभन्दा बढी ब्यक्तिहरू प्रहरीले पक्राउ परेको छ ।

बागलुङ बजार भित्र छरपस्ट हिड्ने ३५ जना पुरूष र एकजना महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।सरकारले लकडाउन अबधिभर घर भित्रै सुरक्षित बस्नु भनेर जारी गरेको निर्देशन बागलुङ जिल्लामा पालना नगरी सडकमा छरपस्ट हिड्नेहरूलाई एकसाथ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।लकडाउन उलंघन गर्नेहरूलाई पक्राउगरी धौलागिरि बहुमुखी क्याम्पसको प्रांगणमा ४ घण्टा राखी लकडाउन सम्बन्धी सचेतना कक्षा दिएर छोड्ने गरेकोमा अबदेखि लकडाउन उलंघन गर्नेलाई संक्रमण रोग ऐन २०२० दफा २ अनुसार कानुनी कार्वाही गर्ने योजना प्रहरी प्रशासनले बनाएको छ ।

बागलुङ प्रहरीका सूचना अधिकृत हेमबहादुर केसीका अनुसार बुधबारसम्म ४०० जना भन्दा बढी ब्यक्ति प्रहरी कार्वाहीमा परेका छन् भने दुई दर्जनभन्दा बढी मोटर साइकल र स्कुटि जथाभावी रूपमा चलाउने कार्वाहीमा परेका छन् । सरकारले बागलुङ जिल्लालाई कोरोनाको जोखिम जिल्ला घोषणा गरेपछि प्रहरीले आफ्नो सक्रियता बढाएको हो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width