फिल्ड रिपोर्टिङ गर्ने पत्रकारलाई युवा पर्यटन व्यवसायी गुरुङको सहयोग

आदर्श समाज संवाददाता
वैशाख १, २०७७
pic

पोखरा । कोरोेना महामारीका समयमा फिल्डमा गई काम (रिपोर्टिङ) गर्ने पोखराका पत्रकारहरुलाई पर्यटन व्यवसायी टासी गुरुङले सहयोग गरेका छन् ।

गुरुङले फिल्डमा खटिएका ५० भन्दा बढी पत्रकारहरुलाई २० थान गल्बस, एक थान ह्याण्ड सेनिटाइजर र एक थान एन ९५ मास्क सहयोग गरेका हुन् । पोखरा महानगरपालिका वडा १८ सराङकोट मेथ्लाङमा रहेको जुरासीक रिसोर्ट एण्ड भिल्लाका सञ्चालक समेत रहेका गुरुङले कोभिड–१९ संक्रमणबाट जोगिएर सहि सुचना सम्प्रेषण गर्न फिल्डमा गई काम गरिरहेका पत्रकारहरुलाई सहयोग गरेको बताए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले टासी गुरुङले गरेको सहयोग सम्मानिय रहेको बताए । श्रेष्ठले फिल्डमा हिड्नै परे सुरक्षित भएर हिड्ने नभए घरबाटै रिपोर्टिङ गर्न आग्रह गरेका छन्। एभिन्युज खबरका गण्डकी ब्यूरो प्रमुख सुमन ढुङ्गानाको पहलमा उक्त सामग्रीको व्यवस्थापन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखरा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । महानगरमा जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३ सय…
  • नीरमाया दोहोरी साँझले जित्यो भलिबल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । चिप्लेढुंगाको नीरमाया दोहोरी साँझले दोहोरी साँझस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा कलाकार खेलकुद संघ आयोजनामा…
  • समाजको हितमा काम गर्न जोड

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । नेपाल दशनामी समाज कास्कीले पोखरामा आयोजना गरेको बृहत् छलफल तथा अन्तरक्रियाका वक्ताले समाजले समुदायको हितमा क्रियाशील हुँदै मौलिक…
  • उन्नतिको रक्तदानमा ६० युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । पोखराको नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधवार आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ६० जनाले…
  • पोखराको एकीकृत रणनीतिक कार्य योजना

    आदर्श समाज सम्वाददाता जेठ १६, २०८१
    पोखरा महानगरपालिका पोखरालाई पर्यटनको राजधानी घोषणा पश्चात् एकीकृत रणनीतिक कार्य योजना निर्माणको तयारीमा लागेको छ । समग्र पर्यटन क्षेत्रको विकास…

hero news full width

trending post

ट्रेन्डिङ्ग