बागलुङमा र्‍यापीड परीक्षणमा शंका लागेपछि स्वाब पोखरा पठाईंदै

प्रकाश ढकाल
चैत्र ३०, २०७६
dt_200130_coronavirus_test_tube_800x450

पोखरा ।  र्‍यापीड परीक्षणका क्रममा बागलुङमा एक महिलामा कोरोना संक्रमण पोजिटिभको शंका देखिएको छ । आइतबार गरिएको नमुना परीक्षणमा ६५ बर्षिया महिलाको रिपोर्ट शंकास्पद आएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

‘आरडिटीबाट गरिएको परीक्षणमा पोजिटिभ देखिएको छ । यो विश्वासिलो मेसिन नै हो,’ उनले भने, ‘यसको पुष्टि गर्न पिसिआर मेसिनमा टेष्ट गर्नैपर्छ । स्वाब लिईएको छ । भोलि दिउँसोसम्म रिपोर्ट आउला । तर यही रिपोर्ट नेगेटिभ आउन पनि सक्छ ।’

  • आरडिटीबाट गरिएको परीक्षणमा पोजिटिभ देखिएको छ ।

आरडिटी बाट गरिएको परीक्षणबाट पुष्टी गर्न भने मिल्दैन । पोजिटिभ देखियो भने पुष्टीका लागि ल्यावमा पठाउनुपर्छ । ‘पिसिआर प्रविधिबाट परीक्षण गरेपछि मात्रै संक्रमण भएनभएको भन्ने कुराको पुष्टि हुन्छ,’ शर्माले भने । श्रोतका अनुसार ति महिला केही समयअघि भारतको तीर्थयात्रा गरेर फर्किएकी थिईन् । उनी सहित गएका परिवारभित्रैका अन्य ३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । तीर्थ यात्रामा १२ जनाको टोली गएको बताईएको छ । अरुको पनि परीक्षण भैरहेको छ ।

गण्डकीमा हालसम्म १ हजार ३सय ८२ जनाको र्‍यापीड टेष्ट गरिएको छ । सबैभन्दा धेरै बागलुङमा ६ सय ७५ जनाको टेष्ट गरिएको छ भने पर्वतमा २ सय ३९, स्याङजामा २ सय ९, लमजुङमा ६६, नवलपुरमा ६२, म्याग्दीमा ५२, तनहूँमा ३३, गोरखामा २०, कास्कीमा १९ र मुस्ताङमा ७ जनाको परीक्षण गरिसकिएको निर्देशनालयले जनाएको छ । मनाङमा हालसम्म परीक्षण भएको छैन ।

नियमित तर्फ चाहीँ ३ सय ६५ परीक्षण भैसकेको छ । त्यसमध्ये ३ सय ९ नेगेटिभ नतिजा आएको छ भने २ पोजिटिभ तथा ५४ वटाको नतिजा आउन बाँकी छ । कोरोना पोजिटिभ देखिएका २ जनाको बागलुङ स्थित धवलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width