लेखनाथ,३० माघ । लेखनाथ उद्योग बाणिज्य संघले ब्यवसायी सदस्य स्वर्गीय रेशमलाल भण्डारीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।संघको ब्यवसायी सदस्य भएर पोखरा–३० को शिसुवामा कृपा सपिङ सेन्टरका संचालक भण्डारीको गत चैत २४ गते ६३ वर्षको उमेरमा असामायिक निधन भएपछि संघले स्थापना गरेको ब्यवसायिक राहत कोषबाट आइतवार ५० हजार आर्थिक सहयोग गरिएको हो ।
पोखरा ३० शिसुवामा बसोवास गर्दै आएका स्वर्गीय भण्डारीको परिवारलाई लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, लक्ष्मीप्रसाद त्रिपाठी, द्वितीय उपाध्यक्ष राजेन्द्र ओझा,उप महासचिव राजु सुवेदी लगाएत कार्यसमितिका सदस्य र ब्यवसायीहरुको उपस्थितिमा स्वर्गीय भण्डारीका छोरी सुमन भण्डारी सापकोटा र कृपा भण्डारी आचार्यलाई उक्त रकम हस्तान्त्रण गरिएको हो । उनका दुई छोरी र नाती नातिनाहरु रहेका छन् भने श्रीमतीको चार महिना अगाडि निधन भएको थियो ।
Related News
सम्बन्धित समाचार
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
‘सिमेन्टमा मूल्यवृद्धि फिर्ता गर’
hero news full width
मुख्य समाचार
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
माघ ४, २०८१पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१