गण्डकीमा साढे ४ हजार जनाको काेराेना परीक्षण हुँदै

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७६
KhemrajGautam_Galkot_RSS_ps

दुई जना कोरोना सङ्क्रमितको उपचार गराइराखेको धौलागिरि अञ्चल अस्पताल बागलुङको निरीक्षण गर्न शुक्रबार बागलुङ पुग्नुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलसँग आइसोलेसन वार्डका विषयमा जानकारी लिँदै । तस्विरः रासस

पोखरामा हालसम्म कोरोना परीक्षणको लागि ३ सय १८ जनाको नमूना संकलन गरिएकोमा २ सय ९८ जनाको नतिजा नेगेटिभ आएको छ। २ जनाको यसअघि नै पोजेटिभ आएकोमा अन्य १८ को नतिजा बाँकी छ।

बागलुङका २ महिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरू दुबैको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

त्यहाँ कोरोना परीक्षणको र्‍यापिड डाइग्नोस्टिक टेष्ट समेत बिहीबारदेखि सुरू भएको छ। बागलुङ सहित गण्डकीभर ४ हजार १ सय ४६ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट हुनेछ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माका अनुसार पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा जारी कोरोना परीक्षणमा हालसम्म २ बाहेक झण्डै ३ सय जनाको नतिजा नेगेटिभ आएको हो।

प्रदेशभर परीक्षणको लागि संघीय सरकारबाट ५ हजार थान कीट प्राप्त भएको छ। स्वास्थ मन्त्रालयको टोलि समेत खटिएको छ। उच्च जोखिममा रहेको बागलुङमा करिब ९ सय जनाको कोरोना परीक्षण हुनेछ। गत ४ चैतयता बागलुङमा मात्रै ८ सय ३६ जना मानिस विदेशबाट फर्केका छन्।

बागलुङमा कोराना संक्रमितको वासस्थान वरपर रहेका तथा चैत महिनामा सम्पर्कमा आएका व्यक्तिहरुको टेष्ट गरिने छ। गण्डकीमा चैतयता ४ हजार ५ सय ४३ जना मानिस विदेशबाट फर्केका छन्।

बागलुङपछि धेरै जना विदेशबाट आउनेमा स्याङ्जामा ५ सय ८१ र नवलपुरमा ५ सय ६० जना आए। कास्कीमा ३ सय ८९ जना फर्केका छन्। प्रदेशभर कुल २ सय ९ जना क्वारेन्टाइन र २ हजार ७ सय ७७ जना होम क्वारेन्टाइनमा छन्।

यसैबीच प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बागलुङ पुगेर कोरोना संक्रमित २ जनालाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। गण्डकीका ११ जिल्लामा कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, पर्वत, म्याग्दी, बागलुङ, मनाङ, मुस्ताङ र नवलपुर जिल्ला पर्दछन्।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width