थर्मल गन नहुँदा कोरोनाकाे उच्च जोखिममा स्वास्थ्यकर्मी

रासस
चैत्र २८, २०७६
JanakShrestha_Lamjung_RSS_joronapdaipiclamung

लमजुङ, २८ चैत । महामारीका रुपमा विश्वमा फैलिरहेको कोरोना नियन्त्रण तथा रोकथामका आगि आवश्यक पर्ने स्वास्थ्यजन्य सामग्री पहाडी जिल्ला लमजुङमा छैन । मर्स्याङदी, दोर्दी र दूधपोखरी गाउँपालिकाका स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गर्न पर्याप्त सामग्री तथा ज्वरो नाप्ने एउटा थर्मल गनविना नै स्वास्थ्यकर्मीले काम गरिरहेका छन्।

यसबाहेक एन ९५ मास्क, पिपिईसमेत पर्याप्त नभएको स्वास्थ्यकर्मीको गुनासो छ । मस्र्याङ्दी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमनाथ घिमिरेले भन्नुभयो, “यस संक्रमणको बेला हामीले थर्मल गन खोज्दा पनि पाउन सकेनौँ । सबैभन्दा महत्वपूर्णमध्येको एक थर्मल गन पनि हो, यो विना बिरामीको ज्वरो थर्मामिटरबाट नाप्नुपर्दा स्वास्थ्यकर्मी डराउनाका साथै संक्रमणको उच्च जोखिमसमेत छ ।”

यस्तै ह्याण्ड स्यानिटाइजरसमेत अभाव भएकाले बिहीबार ५० थान ल्याइएको र सो पर्याप्त नभएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताउनुभयो ।

सरकारसँग पटकपटक पर्याप्त स्वास्थ्य सामग्रीको माग गर्दा पनि हालसम्म स्थानीय तहले पर्याप्त प्राप्त गर्न नसकेको जनप्रतिनिधिको दुखेसो छ । हालसम्म जिल्लामा रहेका आठ स्थानीय तहमध्ये ती स्थानीय तहबाहेकमा २१ थर्मल गन छन् । त्यस्तै जिल्लाका सबै स्थानीय तहमा गरी २९३ थान पिपिई छन् । जिल्लाभरि ४६५ मात्र ह्याण्ड स्यानिटाइजर छ । त्यस्तै भिटिएम २० वटा बेँसीशहर नगरपालिकामा रहेको जिल्ला सामुदायिक अस्पताल, क्विक रेस्पोन्स टिमका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width