महानगरद्धारा अस्पताललाई १०० थान पीपीई प्रदान

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७६
ppe help

पोखरा २८ चैत । पोखरा महानगरपालिकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग गरेको छ । पोखरा महानगरले ग्राउण्ड, सुकभर र फेयशील सहितको एक सय थान पीपीई सहयोग गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बृद्धिबहादुर थापालाई स्वास्थ्य सामाग्री (पीपीई)हस्तान्तरण गरे । प्रमुख जिसीले गण्डकी प्रदेशकै नेतृत्वदायी अस्पतालका रुपमा रहेकाले सुरक्षित बनाउन महानगरले सहयोग गरेको बताए । उनले हस्पिटल सुरक्षित नभए विरामी सुरक्षित नहुने बताउदै भने, ‘हस्पिटल र स्वास्थ्यकर्मी सुरक्षित नहुने हो भने कोही पनि सुरक्षित हुन सक्दैनौ ।’

प्रमुख जिसीले हस्पिटलमा काम गर्ने एम्वुलेन्स चालक, ल्याबमा काम गर्नेहरु, आइसोलेसन वार्डमा काम सवै सुरक्षित रहनुपर्छ उनले भने, ‘पहिलो प्राथमिकता स्वास्थ्यकर्मी सुरक्षित बनाउनु हो । उनीहरु सुरक्षित भएपछि हामी सुरक्षित हुन्छौ ।’ उनले महानगरले प्रदान गरेको पीपीई काठमाडौबाट ल्याएको र ल्याब टेष्ट गरिएको बताए ।

उनले स्वास्थ्यकर्मीका कमीकमजोरी हुनसक्छन् तर अहिले कमीकमजोरी खोज्ने बेला भन्दा मनोबल उच्च बनाउने बेला भएको बताए । ‘स्वास्थ्यकर्मीको गल्ती कमजोरी अहिले सञ्चार माध्यमले नलेखौ अहिले महामारीसंग लडौ त्यसको हिसावकिताव पछि गरौला ।’ प्रमुख जिसीले स्वास्थ्यकर्मीलाई उत्साह पूर्वक काम गर्ने वातावरण सृजना गर्न सबैलाई आग्रह गरे ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलति डा. बृद्धिबहादुर थापाले महानगरले प्रदान गरेको स्वास्थ्य सामाग्रीले कोरोना संक्रमणको उपचारमा सहज हुने विश्वास ब्यक्त गरे ।

स्वास्थ्यकर्मी अहिलेको महामारीका अग्रपङ्तिका सिपाही भएकाले उनीहरुको मनोवल उच्च बनाउने गरी सवैले सहयोग गर्नुपर्नेमा जोड दिए । महानगरले विहीबार मात्रै अस्पताललाई दुई ओटा स्प्रे मेशिन प्रदान गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width