पोखरा, २८ चैत । नेपाली काँग्रेस कास्कीले राष्ट्रिय संकटका बेला अग्रपंक्तिमा रहेर सेवा दिइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल माथि उठाउन माग गरेको छ ।सरकारले मानसिक दबाब र त्रासपूर्ण वातावरणमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई काम गराउन नहुने भन्दै उनीहरुका लागि आवश्यक सुरक्षा सामग्री र सुविधासहित व्यवस्था गरी मनोबल उठाउने वातावरण बनाउन माग गरेको हो ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा राहत वितरण समेत प्रभावकारी नभएको भन्दै ध्यानाकर्षण भएको उल्लेख छ । राहत अत्यावश्यक रहेको वर्ग मजदुर र ज्यालादारी गर्नेसम्म राहत पुग्न नसकेको गुनासो टोलटोलबाट आएको छ विज्ञप्तिमा भनिएको छ,राहत नपाँउदा कष्टकर दैनिकी चलाउन बाध्य मजदुर र ज्यालादारी वर्गलाई यथाशीघ्र राहत उपलब्ध गराउन माग गर्दछौं, विज्ञप्तिमा भनिएको छ । साथै राहत वितरणमा देखिएको राजनीतिक पूर्वाग्रहप्रति समेत आपत्ति जनाएको छ ।
Related News
सम्बन्धित समाचार
लुम्बिनीकाे मुख्यमन्त्री सपथमा एमाले संसदीय दलका नेता नै अनुपस्थित
बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण
सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड
ओलीलाई संसदमा दुईतिहाइको विश्वास
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१