रुपन्देहीमा रहेको प्रयोगशालाको क्षमता विस्तार हुने

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७६
sudarsan baral lab ma

?

बिक्रम खड्का, बुटवल । प्रदेश ५ सरकारले रुपन्देहीको भैरहवामा संचालन गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाकोले कोरोना भाइरस लागे नलागेको नतिजा तीव्र रुपमा दिने भएको छ ।

उक्त प्रयोगशालाका लागि बुटवलमा रहेको नेशनल प्याथ ल्याबले उच्च क्षमताको रियल टाईम पिसिआर मेशिन दिएसंगै नतिजाको तीव्रता वढ्ने भएको हो । यस अघि दैनिक १४,१५ वटाको नतिजा दिने गरेकोमा यो मेशिन थपिएसंगै दिनमै साढे दुई सयको नतिजा आउने दावी नेशनल प्याथ ल्याबले गरेको छ ।

डव्लुएचओ लगायतका संस्थावाट प्रमाणित उक्त मेशिनको शुक्रबार एक समारोहकाबीच समाजिक विकास मन्त्री शुर्दशन बराललाई हस्तान्तरण गरिएको हो । राष्टिय जनस्वास्थ्य प्रयोगशालाबाट क वर्गमा सूचिकृत नेशनल प्याथ ल्यावले कोराना परीक्षण गर्ने सम्पूर्ण उपकरण आफुहरुसंग रहेको यस अघि पनि बताएका थियो । तर निजी संस्थाहरुलाई अनुमति नभएकोले परीक्षण गरेको थिएन । तत्काल १५ दिनका लागि भने उक्त मेशिन सहितका उपकरण प्रदेश सरकारको प्रयोगशालाका लागि सहयोग गरेको संस्थाका कार्कीले बताए । उनले अहिलेको महामारीको अवस्थामा सरकारले धेरै भन्दा धेरै परीक्षण गर्न सकोस भन्ने उद्देश्यले मेशिन उपलव्ध गराएर सहयोग गरेको बताए ।

?

संस्थाका संचालक शरद भुषालले सरकारले आवश्यक ठानेमा अन्य खालका पनि सहयोगका लागि आफुहरु तयार रहेको बताए । पटक पटक सरकारी निकायलाई आफुहरु सहयोग गर्न तयार रहेको बताए पनि ढिलै भएपनि सरकारले सहयोग महसुस गरी मेशिन लगेको उनको भनाई रहेको छ । समाग्री बुझ्दै सामाजिक विकास मन्त्री सुर्दशन बरालले विपक्तिका वेला सवैको सहयोग सरकारलाई आवश्यक रहेको भन्दै यो मेशिन तत्काल प्राविधिकहरुलाई उपलव्ध गराई संचालनमा ल्याउने बताए ।

चारै तिरबाट परीक्षणको रिर्पोट निकालीदिनका लागि दवाव आएको भन्दै उनले यो मेशिन पूर्णरुपमा संचालन गर्न सकिए धेरै खालको अपेक्षा पुरा हुने विश्वास व्यक्त गरे ।
प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले पिसिआर मेशिन आउनु सुखद भएको बताउदै मेसिनको सबै चेकजांच पछि संचालनमा ल्याईने बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width