माउण्ट अन्नपूर्ण माविमा अनलाइन कक्षा सञ्चालन

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७६
Online Class

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास नेपालमा अझ धेरै लम्बिने सम्भावनासँगै माउण्ट अन्नपूर्ण मा.वि. नदीपूर ३ कास्कीले विद्यार्थीहरुलाई अनलाइन कक्षाहरु सञ्चालन गरेकाे छ ।

“विद्यालय प्रशासनसँगको सहकार्य तथा विद्यालयका +२ संयोजक कृष्ण लम्साल, प्रशासक प्रदिप पोख्रेल र विज्ञान विषय शिक्षक तथा होस्टल इन्चार्ज पुरन श्रीसको संयोजकत्वमा दैनिक रुपमा विद्यार्थीहरुले घरबाटै आफ्ना शिक्षकहरु मार्फत विषयगत अध्ययन गर्ने सुवर्ण अवसर प्राप्त गरेकाे प्राचार्य प्रदिप कुमार लम्सालले जानाकारी दिनुभयाे ।

नयाँ शैक्षिक सत्रमा पनि ‘लकडाउन’ यसै गरी अनिश्चित रुपमा लम्बिँदै गएमा नयाँ शैक्षिक सत्र अन्तर्गतका कक्षाहरु पनि अनलााइन मार्फत नै सञ्चालन गर्न विद्यालय तयारी अवस्थामा रहेको पनि उहाँले बताउनुभयाे । विशेष गरी (माध्यमिक शिक्षा परीक्षा) एस.ई.ई. तथा कक्षा ११ र १२ का विद्यार्थीहरुको अन्तिम परीक्षालाई लक्षित गरी चलाइएको यो कार्यक्रममा इन्टरनेटको पहुँच पुगेका तमाम अभिभावक तथा विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुने बताइएकाे छ ।

कोरोना भाइरस (कोभिड–१९) को सन्त्राससँगै नेपाल सरकारले घोषणा गरेको ‘लकडाउन’का कारणले सम्पूर्ण विद्यार्थीहरु घर–घरमै छन् । ‘लकडाउन’को चपेटामा परेका विद्यार्थीहरुलाई लक्षित गर्दै विद्यालय परिवारले जुम एप्लिकेशन मार्फत अनलाइनमा जोडिन सम्पूर्ण विद्यार्थीलाई आग्रह पनि गरेको छ । यो एप्लिकेशन को उच्चतम् प्रयोग गरी शिक्षक विद्यार्थीबीच आवश्यक अन्तरक्रिया र परामर्श गर्न सकिने कुरा उल्लेख छ ।

अनलाइनमा उपस्थित हुन नसक्ने विद्यार्थीलाई विद्यालय प्रशासनका तर्फबाट प्राचार्य प्रदिप कुमार लम्साल र निर्देशक अशोक कुमार शाहीले टेलिफोनमार्फत पनि आवश्यक सरसल्लाह र सुझाव अभिभावक तथा विद्यार्थीहरुलाई दिइरहेको जानाकारी दिनुभयाे । कोरोना भाइरसको विषम परिस्थितिलाई मध्यनजर गर्दै विद्यालयले चालेको यो कदमप्रति सम्बन्धित अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरुले अत्यन्तै खुशी व्यक्त गरेको कुरा विद्यालयक व्यवस्थापन समितिका अध्यक्ष गिरी प्रसाद गुरुङले बताउनु भयाे ।

प्रविधिमैत्री सिकाइ अहिलेको समयको आवश्यकता रहेको र यसले विद्यार्थीहरुलाई थप सक्रिय र सिकाइप्रति उत्साहित बनाएको कुरा विद्यालयका +२ संयोजक कृष्ण लम्सालले जानाकारी दिनुभयाे ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width