पोखरा, २७ चैत । गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस , (कोभिड—१९)को रोकथाम, व्यवस्थापन तथा उपचार कोषमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्सले २५ लाख सहयोग गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पोखरा–९ न्यूरोडमा अवस्थित सो सुपरमार्केटको यहाँस्थित शाखा प्रवन्धक चक्र लालचनले बुधबार सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री गुरुङले विपद्को सामना गर्नका लागि सरकारले खडा गरेको कोषमा रकम जम्मा गरेकामा सो स्टोर्स परिवारप्रति आभार व्यक्त गर्दै अन्य इच्छुक व्यक्ति तथा संस्थालाई समेत रकम जम्मा गरेर सहयोगका लागि आग्रह गरे । भाटभटेनीले देशका अन्य प्रदेश सरकारलाई समेत सहयोग गर्ने भएको छ ।
सरकारले सो भाइरसको जोखिम न्यूनीकरण , उपचार तथा राहत वितरणका लागि यही चैत १२ गते सो कोष स्थापना गरेसँगै सार्वजनिक तथा निजी सङ्घसंस्था र व्यक्तिबाट रकम जम्मा हुने क्रम जारी रहेको छ । पोखरा महानगरपालिका तथा रुपा गाउँपालिकाले समेत कोरोना रोकथामलाई लक्ष्य गरी कोष खडा गरेका छन् ।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१