कोरोना धपाउदै तमु धिं नेपालले ट्होटें पर्व मनायो

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७६
tohote 2076

पोखरा, २५ चैत्र । तमु जातिको पुरानो सामाजिक संस्था तमु धिं नेपालले मंगलवार पोखरामा ट्होटें पर्व मनाएको छ।कोरोना भाईरसको महामारीले विश्व संकटग्रस्त र नेपाल लकडाउनको विषम अवस्थामा पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालले कोरोना भाईरस धपाउदै ट्होटें मनाएको हो।

वर्षको दुई पटक चैत्रको अन्तिम मंगलवार र साउनको अन्तिम मंगलवार पोखराका सडक ढपक्कै ढाक्ने गरी ट्होटें खेल्ने गरेका तमुहरु यस पटक भने तमु धिं नेपालको कार्यसमितिले मात्रै तमु धिंमा ट्होटें खेल्दै थेवा ह्रीं कोरोनालाई धपाउदै सेति नदिको तिरमा सेलाएको हो।

तमु धिंका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङ र कार्यसमिति सदस्य तथा ट्होटें समितिका संयोजक मेनकाजी गुरुङले पितृ र प्रकृतिलाई सम्मान, पराम्परा सँस्कृतिको संरक्षणको संकल्प गर्दै धुप हाले पश्चात सामाजिक दुरतालाई आत्मसाथ गर्दै तमु धिं कार्यालय भित्रबाट सुरुभएको ट्होटें तमु धिं परिसर हुदै सेतिको तिरमा सम्पन्न गरेको हो। सहभागीहरुले ढ्याङ्ग्रो, झ्याली, कोवारा बजाउदै चर्को स्वरका साथ परम्परागर हतियारहरु धनुष, तरबार, खुकुरी, हसिया, चिम्टा लगाउनका हतियार प्रयोग गरी शत्रु धपाएका थिए।

उक्त अवसरमा तमु धिंका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले परापुर्वकालमा तमुहरुले तमु ह्युल, गाँउ बस्ती सुसभ्य, सुसँस्कृत राख्नका लागि दुखदिने ह्रा ह्रीं, स्यागी म्यागी, बन्यजन्तुहरु, विभिन्न विकृतिहरुलाई सिमा कटाएर ह्युल सुरक्षित बनाउन मनाइदै आएको पर्व यस पटक विश्वभर महामारी फैलाएर कोरोनालाई धपाएर सांकेतिक रुपमा ट्होटें सम्पन्न गरेको बताउनुभयो।लकडाउनका कारण बृहत रुपमा ट्होटें खेल्ने अवस्था नरहे पनि सँस्कृतिलाई निरन्तरता र तमुहरुको साझा घर तमु धिंमा ट्होटें खेल्दै अहिलेको सबैभन्दा ठुलो शत्रु कोरोनालाई धपाउदै ट्होटे सम्पन्न गरेको भन्नुहुदै कावा अध्यक्ष गुरुङले शत्रुको प्रतिकार गर्न सबैले मनोबल उचो बनाउन समेत आग्रह गर्नुभयो।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width