हुप्सेकोटमा संकटको बेलामा पनि जुंगाको लडाइ, राहत भण्डारकक्षमै तालाबन्दी

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७६
hupsekot-864×576 (1)

रामकुमार श्रेष्ठ –नवलपरासी, २५ चैत्र । पूर्वी नवलपरासीको हुप्सेकोटमा झण्डै ३ महिना अघिदेखि चलेको जुंगाको लडाइ अझै सकिएको छैन । राष्ट्रिय संकटको बेलामा पनि हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे र सत्ताधारी दल नेकपाबीचको लडाइ जारी रहेपछि यहाँका स्थानीय आजित भएका छन् ।

विपद्को बेला मिलेर संकटको समाधान गर्ने पर्ने बेला सत्ताको अहमताले नेपाली काँग्रेस नेकपा एमालेबीच जुंगाको लडाइ बढेको छ । हुप्सेकोट गाउँपालिकाका प्रशासन शाखाका अधिकृत शिव सुवेदीले जीप सिक्ने क्रममा १ जना बालक र पाँच जनाको मृत्यु हुने गरी सरकारी जीपनै दुर्घटनामा पारेपछि छताछुल्ल भएको लडाइ अहिले कोरोनाको महामारी संकटको बेलामा पनि देखिएको छ ।

अज्ञात समूहको नाममा नेकपा पक्षधरले हुप्सेकोटमा रहेको राहत भण्डारणमै तालाबन्दी गरिदिएका छन् । नेकपाले तालाबन्दीको पक्षमा अर्को छुट्टै विज्ञप्ति निकालेर राहत खरिद तथा वितरणमा गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले मनपरी गरेको आरोप लगाएका छन् ।

अझै हाजिर हुन पाएनन् प्रमुख प्रशासकीय अधिकृत पनेरु

त्यसैगरी हुप्सेकोट नयाँ प्रमुख प्रशासकीय अधिकृत ज्ञानप्रसाद पनेरु अझै कार्यालयमा हाजिर हुन पाएका छैनन् । नेकपाले सोमबार निकालेको विज्ञप्तिमा पनेरुलाई हाजिर गराउन पर्ने, उनको नाम समेत राखेर खाता सञ्चालन गर्ने पर्ने राहत खरिद तथा वितरणमा एकलौटी गर्न नपाउने माग राखेका छन् ।

हुप्सेकोट गाँउपालिका अध्यक्ष पाण्डेले आफ्नो लडाइ कर्मचारी सँग नभई मन्त्रालयको मनोपरीसँग भएकोले उनको हाजिरी हुनसक्ने बताइन् । उनले भने – यो संकटको बेला म कुनै दल, कर्मचारीसँग विवादमा फस्न चाहान्न । मेरो लडाइ मन्त्रालयको मनोपरीसँग हो । त्यसैले प्रमुख प्रशासकीयलाई हाजिर हुन दिने विषय अहिलेको विषय होइन ।

ताला खुलाउन छलफल चल्दै

हुप्सकोटको राहत भण्डारण कक्षमा लगाइएको ताला खोल्न अहिले सर्वदलीय सर्वपक्षीय छलफल चलेको छ । हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले अहिले राहत भण्डारण कक्षमा लागेको ताला खोल्न र राहत वितरणलाई कसरी प्रभावकारी र पारदर्शी बनाउन सकिन्छ भन्ने विषयमा छलफल शुरु भएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width