लकडाउन उल्लंघन गर्दै भिडभाडमा ‘बान्नीकी चैतली’ मेला

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७६
dinesh

बान्नीकी चैतली मेला । तस्विरः दिनेश खबर

बझाङ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न बैशाख ३ गतेसम्म लकडाउन लम्बाउने निर्णय गरिरहँदा बझाङमा भने भव्य मेला लागेको छ।  यतीबेला बझाङमा मनाइने ऐतिहासिक तथा धार्मीक मेलामा स्थानीयको भिड लागेको छ।

सरकारले लकडाउन घोषणा गरेर देशभर कुनैपनि कार्यक्रम, सभासम्मेलन तथा अनावश्यक भिडभाड गर्न रोक लगाएको छ। तर जिल्लाको छविसपाथिभेरा गाउँपालिका– ३ मा मनाइने बान्नीकी चैतलीमा भने स्थानयीको खचाखच घुइँचो लागेको थियो।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सक्रमित हुनेको संख्या नेपालमा ९ पुुगेकाबेला छविसपाथिभेरा गाउँपालिकाका स्थानीयले भने लकडाउनको उल्लंघनगरि सयौंको भिडभाड गरेर सोमबार बान्नीकी चैतली मेला मनाएका हुन्।

यसविषयमा गाउँपालिका उपाध्यक्ष राधिका रताला जोशीले गाउँपालिकाले यसपालिको चैतली मेलामा भिडभाडगरि मनाउन रोक लगाएको भएपनि स्थानीयले अटेरी गरेको बताइन।  आफूहरुले गाउँपालिकाका विभिन्न नाकाहरुमा प्रहरी परिचालन गरेको तर स्थानीय चोरबाटो प्रयोग गरेर मेलामा उपस्थित भएको उनले बताइन।

सुदूरपश्चिम सबै प्रदेशभन्दा बढी काेराेना भाइरसकाे जाेखिममा रहेकाे प्रदेश हाे । हालसालै भारतबाट फर्किएका दुई र दुबईबाट आएका एक जनाबाट आफ्नै परिवारका एक जनालाई संक्रमण सरेपछि सुदूरपश्चिममा ४ जना कोरोना संक्रमित छन् ।

(श्राेतः प्रताप ओली, दिनश खबर)

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width