कोरोना भाइरसबाट १२ लाख संक्रमित, ६९ हजार को मृत्यु

एजेन्सी
चैत्र २४, २०७६
5b725d2d733a49da94e3d480ab1ac714_18

काठमाडौं, २४ चैत । कोरोना भाइरसका कारण सोमबार विहान पौने सातबजेसम्म विभिन्न देशका १२ लाख ७२ हजार मानिस संक्रमित भएका छन्,६९ हजार तीन सय ५० को मृत्यु भएको र दुई लाख ६० हजार उपचारपछि घर फर्किएका छन् ।

इटलीमा दुई हप्तापछि कोभिड–१९ का कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ । आइतबार इटलीमा ५ सय २५ जनाको मृत्यु भएको छ । इटलीमा कोभिड १९ संक्रमणबाट हालसम्म १५ हजार ८ सय ८७ ले ज्यान गुमाएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा ६ सय ७४ जनाको मृत्यु भएको छ । यो स्पेनमा एक हप्तायता २४ घण्टा अवधिमा मृत्यु हुने सबैभन्दा कम संख्या हो । स्पेनमा यो महामारीका कारण अहिलेसम्म १२ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ, अहिलेसम्म त्यहाँ १ लाख ३१ हजार बढीमा कोरोनाको संक्रमण देखिएको छ ।

अमेरिकामा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६२ पुगेको छ । अमेरिकाको न्युयोर्क सिटी कोभिड १९ का कारण सबैभन्दा बढी प्रभावित छ । न्युयोर्कमा मात्र २ हजार २ सय ५६ जनाको मृत्यु भएको छ । अमेरिकामा ३ लाख ३५ हजार मानिसमा यो भाइरसको संक्रमण देखिएको छ ।फ्रान्स ८ हजार मानिसको मृत्यु भइसकेको छ ।पछिल्लो २४ घण्टामा यहाँ मृत्यु हुनेको संख्या ३ सय ५७ पुगेको छ, शनिबार भने यहाँ ४ सय ४१ जनाको मृत्यु भएको थियो । फ्रान्समा अहिलेसम्म ९० हजार भन्दा धेरैमा कोभिड १९ संक्रमण देखिएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ६ सय २१ जनाको मृत्यु भएको छ । यहाँ मृत्यु हुनेको संख्या ४ हजार ९ सय ३४ पुगेको छ । संक्रमितको संख्या ४८ हजार भन्दा बढी पुगेको छ ।बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन पनि अस्पताल भर्ना भए भएका छन् ।भारतमा अहिलेसम्म ३ हजार ५ सय ७७ जनामा कोभिड १९ को संक्रमण देखिएको छ भने ८३ जनाको मृत्यु भएको छ । आइतबार मात्र ५ सय ५ नयाँ संक्रमित भेटिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width