दर्शक बिनाको खाली रंगशालाभित्र ताजिक सुपर कपको फाइनल खेल

एजेन्सी
चैत्र २३, २०७६
Tajik Super Cup

कोरोना त्रासका कारण विश्व नै आतङ्कित बनेको अवस्थामा ताजिकिस्तानी सुपर कप फुटबलको फाइनल खेल सम्पन्न भयो ।

कोरोनाका कारण विश्वका सबै उत्कृष्ट लिगहरु बिचमै स्थगित भएको अवस्थामा ताजिकिस्तानले सुपर कप फुटबलको फाइनल खेल   बन्द ढोकाभित्रको खाली रंगशालामा गरेर देखायो ।

ताजिकिस्तानको राजधानी दुसान्वेमा आयोजना गरिएको ताजिक सुपरकपको खेलमा घरेलु च्याम्पियन एफसी इस्तिक्लोलले एफसी खुजान्डालाई २–१ ले हराउँदै उपाधि चुम्न सफल बन्यो । २०२० को ताजिक सुपरकप ११ औ संस्करणको थियो ।

सन् २०१३ र २०१७ को संस्करण बाहेकको बाँकी ९ संस्करण इस्तिक्लोलले आफ्नो पक्षमा पारेको थियो। वार्षिक रुपमा अघिल्लो संस्करणको ताजिकिस्तान लिग र ताजिकिस्तान कप विजेताबीच सुपरकपको लागि प्रतिस्पर्धा हुँदै आएको थियो । जसअनुसार २०२० को दुवै प्रतियोगिताको विजेता इस्तिक्लोल भएकाले उपाधिका लागि लिग उपविजेता खुजान्डाले प्रतिस्पर्धा गरेको थियो ।

विश्वव्यापी रुपमा कोरोना संक्रमितको संख्या १० लाख बढि पुगेर ६० हजार बढीले ज्यान गुमाउँदा मध्य एसियाली ताजिकिस्तानमा ९ लाख मात्रै जनसंख्या रहेको छ । यद्यपी, ताजिकिस्तानमा अहिलेसम्म कोभिड–१९ को एउटा पनि संक्रमण देखिएको छैन ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width