विरामीलाई औषधि घरमै

रासस
चैत्र २२, २०७६
11

कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्न सरकारले ‘लकडाउन’ आह्वान गरेको छ । लकडाउनका कारणले सबैतिर सुनसान छ । दुई साता लामो लकडाउनका कारणले अत्यावश्कीय बाहेक घरबाहिरसमेत निस्कन पाइँदैन । यस्तो अवस्थामा नियमित औषधि सेवन गर्नुपर्ने व्यक्तिहरु औषधिका लागि स्वास्थ्य संस्थासम्म पुग्न सक्ने अवस्था छैन ।

विकट गाउँबस्तीमा त झन यस्तो समस्याबाट धेरै नै प्रभावित बनेका छन् । तर कास्कीको माछापुच्छ्रे गाउँपालिकाका दुई वडाका स्वास्थ्य संस्थाले भने अहिलेको विषम अवस्थामा समेत नियमित औषधि सेवन गरिरहेकाहरुलाई अत्यावश्यक औषधि घरमै लगेर वितरण गर्ने गरेका छन् ।

ल्वाङ्घलेल स्वास्थ्य चौकी र सिदिङ सामुदायिक स्वास्थ्य इकाइले सामाजिक सञ्जाल र फोन सम्पर्कको माध्यमबाट सर्वसाधारणलाई अत्यावश्यक औषधिको विवरण मागेर चाहिने औषधि स्वास्थ्य संस्था, औषधि पसल र पोखराबाट लगेर सर्वसाधारणलाई उपलब्ध गराउने गरिएको छ । वडा नं. ९ का अध्यक्ष दुर्गाबहादुर क्षेत्री, वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद दवाडी, वडा सदस्य नवीन राना, ल्वाङ्घलेल स्वास्थ्यचौकी प्रमुख आनन्द बराल, स्वास्थ्य चौकीका अहेव हरिबहादुर मल्ल र सिदिङ सामुदायिक स्वास्थ्य इकाइका मेघनाथ अधिकारीलाई आवश्यक औषधि टिपाउन सर्वसाधारणमा सूचना जारी गरिएको छ । त्यसरी सर्वसाधारणले फोन, म्यासिन्जर वा भाइवरमा समेत औषधिको फोटोसहित टिपाउनेलाई घरमै औषधि पुर्याउने व्यवस्था गरिएको छ ।

जनतामा हालको लकडाउनका कारण नियमित रुपमा खानुपर्ने औषधि अभाव नहोस् र समस्यामा नपरुन् भनेर सामाजिक सञ्चालनको प्रयोग गर्दै औषधि व्यवस्थापनको कार्य भइरहेको ल्वाङ्घलेल स्वास्थ्य चौकी प्रमुख बरालले बताउनुभयो । “अहिलेको विषम परिस्थितिमा प्रेसर, सुगरलगायत रोगको नियमित औषधि सेवन गर्नुपर्नेलाई औषधि अभाव नहोस् भनेर उनीहरुले खाने औषधिको जानकारी स्वास्थ्य संस्था वा जनप्रतिनिधिलाई टिपाउन भनेका छौँ ।” बरालले भन्नुभयो, “कतिपयले आवश्यक औषधि फोटो खिचेर म्यासिन्जर र भाइवरमा समेत पठाउनुहुन्छ भने कोहीले फोनबाट टिपाउने गर्नुभएको छ ।

सर्वसाधारणलाई चाहिने औषधि पाएसम्म स्वास्थ्य संस्था, यहाँकै पसल वा नभए बजारबाट ल्याएरसमेत वितरण गरेका छौँ ।” कतिपय रोगका औषधि सम्बन्धित बिरामीनै अस्पतालसम्म पुग्नुपर्ने अवस्था रहेकाले त्यस अवस्थामा बिरामीलाई स्वास्थ्य चौकीबाट पास बनाएर पोखरा पठाउने गरिएको बताइन्छ । वडाध्यक्ष क्षेत्रीले कोरोना सङ्क्रमण फैलनबाट रोक्न वडाबासीको सुरक्षामा आफूहरु लागेको र सर्वसाधारणलाई घरभित्रै बसेर सहयोग गर्न आग्रह गरिएको बताउँदै आवश्यक औषधि सर्वसाधारणको घर वा नजिकको स्थानमा भीडभाड नगरिकन वितरण गरिएको बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

  • नयाँ दिल्लीमा आरजु देउवाको शल्यक्रिया

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको भारतको नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा उपचार गरिएको छ। आरजुको बुधबार हाइपर प्याराथाइराइडिज्मको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…
  • गण्डकीले ल्यायो स्वास्थ्य तालिम रणनीति

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रका तालिमलाई व्यवस्थित, योजनावद्ध र प्रभावकारी बनाउन रणनीति तयार गरिएको छ । फागुन २३ गतेको…
  • पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निरीक्षण

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिव डा. विनोदविन्दु शर्माको नेतृत्वमा आएको निरीक्षण टोलीले मंगलबार पोखरा–३०, खुदीमा…
  • सरकारी विद्यालयमा शुल्क उठाउन रोक

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका…

hero news full width