फेवा ढुङ्गा व्यवसायी समिति पोखराले फेवातालको बाराही घाटमा ढुङ्गा चलाउने चालकलाइ राहत प्रदान गरेको छ ।
सरकारले घोषण गरेको लकडाउनका कारण ढुङ्गा चालकको जिविकोपार्जनमा समस्या पर्ने गएको हुनाले भाडामा बस्ने विपन्न परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।
व्यवसाय समितीले ऊनीहरुलाइ ५ किलो चामल, १ केजी रातो दाल, १ पोका नुन र १ लिटर तेल प्रती परिवारलाई वितरण गरेको फेवा ढुङ्गा व्यवसाय समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए ।
उनका अनुसार समितिले विहिवार र (आज) शुक्रबार गरि दुई दिनमा झन्डै २ सय सय परिवारलाई राहत वितरण गरिएको हो । फेवा ढुङ्गा व्यवसाय समितिबाट पैसा संकलन गरेर हामीले यस राहत वितरणको व्यवस्थापन गरेको उनले जानकारी दिए ।
यस्तै समितिका उपाध्यक्ष मंगलबहादुर नेपालीले फेवातालमा धेरै ढुङ्गा चालकहरु भएपनी हामिले भाडामा बसेका चालक मजदुरलाई प्राथमिक दिई राहत प्रदान गरेको बताए । उनले फेवातालमा झन्डै ३ सय ६५ ढुङ्गा चालकमध्ये २ सय चालकहरुको स्थिति हेरेर राहत वितरण गरेको जानकारी दिए ।
धेरै बर्षदेखि फेवातालमा ढुङ्गा चलाउदै आएकी हस्तमायाले ढुङ्गा नचलाएदेखि एक छाक खानाले गुजारा गर्दै आएको बताइन् । “काम गरेर मात्र खान पुग्थो। अहिले त कति भयो काम गर्न पाएको छैन, ” उनले भनिन, “सरकारवाट त केही अपेक्षा थिएन । यहि राहत पनि ढुङ्गा व्यवसायबाट पाएकोमा खुशी छु ।”
सरकारले गरेको लकडाउन हाम्रो लागि हो । तर काम गरेर खानी मजदुरलाई साह्रै गाह्रो भएको ढुङ्गा चालक बुद्धि भुजेलले बताए । ” अहिले त भोकले नै मरिने अवस्था आएको छ, काम नचलेको पनि थुप्रै दिन भयो । आज यति भएपनि राहत पाएर आनन्द भएको छ, उनले भने ।
Related News
सम्बन्धित समाचार
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
एन प्याब्सन महाधिवेशन फागुनमा
रिहर्सलमा ‘सपना डिलक्स कोच’
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१