रङमा रमाउँदै कलाकार

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७६
11

कलाकारः विश्वराज पराजुली

कोरोना भाइरस (कोभिड­१९) को सम्भावित जोखिम हुन नदिन मुलकलाई ‘लकडाउन’ गरिएको छ । कतिपयलाई लकडाउनको एकान्तबास कटाउन मुस्किल छ । टेलिभिजन हेर्ने, रेडियो सुन्ने र सामाजिक सञ्जालमा व्यस्त रहनु आनन्द र बाध्यता दुवै छ । तर कुची र रङमा रमाउने कलाकारलाई भने लकडाउन समस्याका बीचको वरदान सावित छ ।

सो भाइरसले सिङ्गो विश्वलाई प्रभावित बनाइरहेको बेला कलाकार क्यानभास रङ्ग्याउन व्यस्त छन् । ‘जहाँ चुनौती त्यहाँ अवसर’ भने झैँ लकडाउनलाई नेपाली चित्रकारले महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गरेका हुन् । यतिबेला कलाकारले कोरेका चित्रमा उनीहरुको कल्पना मात्र हैन अहिलेको वास्तविकताले मूर्त रुप पाएको छ । क्यान्भासमै सो भाइरसको जोखिम र रोकथामका सन्देश चित्रकारिताबाटै समुदायलाई दिइरहेका छन् । कतिपय कलाकार रङको नौलो प्रस्तुति दिन अभ्यासरत छन् । फरक फरक शैलीमा रङ खेलाउँदै अनौठा आकार दिइरहेका छन् ।

स्वदेश विदेशका दृश्यलाई समेटेर क्यान्भास रङ्ग्याइरहेका चित्रकारले पुराना थाती रहेका काम छोट्याउँदै छन् । थन्किएका क्यान्भासका खापा उघार्दैछन् । रातपछिको दिनजस्तै रङ्गीन उज्यालो चित्रमा भर्दैछन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य औपचारिक कामबाट फुर्सदिलो हुनुहुन्छ । त्यसबीचमा थाती रहेका चित्रकारिताका काम गर्न थालेकाले उहाँलाई भ्याइनभ्याई छ । कर्माचार्य चित्र सिर्जना गर्ने र त्यसलाई भिडियो बनाएर युट्यूबमा राख्दै अरुलाई ऊर्जा दिँदै हुनुहुन्छ । अन्य कलाकारलाई सुझाव दिँदै उहाँले भन्नुभयो, “मौकाको सदुपयोग गरौँ, एक त रोगको महामारी, अर्का आफ्नै काम पनि बन्ने भएकाले घरमै काम गर्ने अवसर नगुमाऔँ ।”

एउटा कलाकारका लागि चाहिने वातावरण बनेको भन्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति रागिनी उपाध्याय लकडाउनको भरपुर सदुपयोग गरिरहनुभएको छ । कलाकारका लागि चाहिने शान्ति उहाँलाई मिलेको छ । त्यसैले उहाँ बन्द कोठाभित्रै प्रकृतिसँग कुरा गर्न सजिलो महसुस गर्दैहुनुहुन्छ । उहाँ रङसँग नियमित खेलिरहनुभएको । गीतामा कर्मअनुसारको फल प्राप्त हुने उल्लेख छ । उहाँका चित्रमा चरा, जनावरले आँशु चुहाइरहेका छन् । प्रकृतिले आँशु बगारहेको छ । जताततै दुःख र कष्टमात्रै छ । प्रकृतिले आफ्नो ठाउँ खोजेको भान देखिन्छ । त्यसैलाई विम्व बनाएर चित्रमार्फत प्रकृतिलाई जोगाउन आह्वान गरेको उहाँले बताउनुभयो । उपाध्याय भन्नुहुन्छ, “हजारौं वर्ष अगाडिदेखिको प्रकृतिको विनाशबाट भएकाले असह्य वेदना आज कोरोना आँसुको रूपमा हाम्रो बीचमा आएर आफ्नो आँसुको मूल्य खोज्दै छ, आफ्नो अस्तित्व खोज्दै छ, त्यसैले आफू पनि बाँचाैं र प्रकृतिलाई पनि बचाउँ ।”

अग्रज कलाकार राधेश्याम मुल्मी पनि कला सिर्जनामा रमाउँदै हुनुहुन्छ । उहाँले कोरोनाबाट सिर्जित समस्यालाई चित्रात्मक रुपमा सन्देश प्रवाह गर्दै हुनुहुन्छ । एउटा मान्छेले बाँदरसँग हात मिलाउन खोज्द, त्यो बाँदर भने हात मिलाउन आउँदैन । ऊ नमस्कार गर्छ । अन्य बाँदरहरु उक्त दृष्यलाई छक्क परेर नियालिरहेका छन् । उहाँको चित्रको ‘थिम’ त्यही छ । मानिसलाई गाली गर्दा कतिपयले उच्चारण गर्ने शब्द हो, ‘कस्तो बाँदर जस्तो..।’ कलाकार मुल्मीले आफ्नो तयार हुँदै गरेको सिर्जनाबारे प्रश्न तेस्र्याउँदै भन्नुभयो, ‘उपद्रो मच्चाउने बाँदरहरु त वर्तमान अवस्थामा सचेत बने, हामी मान्छे झन सचेत बन्नु पर्ने होइन र ?’ जनस्वास्थ्यको ख्याल गर्दै घोषणा गरिएको लकडाउनको पालना नभएको सन्दर्भमा उहाँको चित्र साधनाले समाजलाई ठूलो सन्देश प्रभाव गरेको छ ।

कलाकारः एनबी गुरूङ

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङ यय पटक रङ मिसाएर नौलो प्रयोग गर्दै हुनुहुन्छ। कलाकारले चित्र साधनाको महत्वपूर्ण अवसर प्राप्त गरेको स्मरण गर्दै उहाँले अवसरको सदुपयोग गरी नयाँ नयाँ अभ्यास गरिरहेको बताउनुभयो । विविध विषयवस्तु र नेपाली गाउँले परिवेशलाई क्यान्भासमा सजाउँदै हुनुहुन्छ । बनेका चित्रहरु उहाँ युट्यूबमा हालेर प्रचारप्रसार गरिरहनुभएको छ । “तीन वटा युट्यूबमै गैसक्यो अन्य बनाउँदै छु, हाल्दै छु, लकडाउनको सदुपयोग भइरहेको छ, अली बढी उकुसमुकुसको महसुस छ”, गुरुङले लकडाउनको दैनिकी र अनुभव सुनाउँदै भन्नुभयो । यसपटक गोधुली साँझमा भारतको मुम्बईमा देखिएको दृश्यले उहाँलाई तानेको छ ।

पाेखरामै रहेर सिर्जनशील कलाकार समूहका निवर्तमान अध्यक्ष विश्वराज पराजुली पनि  याे फूर्सदकाे समयमा जलरङसँग नयाँ नयाँ प्रयाेग गरिरहनुभएकाे छ । उहाँले याे समयमा सामान्य जनजीवन देखि मानसका जीवन शैली र नेपाली संस्कृतिका चित्रहरू क्यान्भास रङ्ग्याइ रहनु भएकाे छ ।

कलाकारः विश्वराज पराजुली

कुची ग्रुपका संयाेजक मनाेज तामाङ पनि याे समयलाइ सदुपयाेग गरिरहनुभएकाे छ । उहाँले सामाजिक संजालमा राख्नुभएकाे चित्रले पनि अरुलाई प्राेत्साहन दिदैं आएकाे छ ।

कलाकारः मनाेज तामाङ

फ्रिल्यान्सर विश्व केसीले पनि लकडाउनको राम्ररी सदुपयोग गर्नुभएको छ ।

अन्य चित्रकार सुष्माराज भण्डारी डिराम पाल्पाली, दीपेन्द्रमान बनेपाली, डिवी राई, लालकाजी लामालगायत प्रायः कलाकार अहिले चित्र साधनामा नै व्यस्त हुनुहुन्छ ।

(श्राेतः रासस)

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width