पोखरा, २१ चैत । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा रकम जम्मा हुने क्रमजारी छ । शुक्रबारसम्ममा १४ लाख २७ हजार ७ सय ६६ रुपैयाँ संकलन भएको छ । शुक्रबार ६ लाख ६१ हजार ६ सय ६६ रुपैयाँ सहयोग प्राप्त भएको छ । बिहीबार मात्र ७ लाख ६५ हजार ६ सय ५५ सहयोग प्राप्त भएको थियो ।
शुक्रबार निजी विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले ५ लाख सहयोग गरेको छ । प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदी, प्याब्सनका केन्द्रीय अनुशासन समितिका सदस्य बाबुराम पन्त, प्याब्सन कास्कीका पूर्व अध्यक्ष तथा प्याब्सनका पूर्व केन्द्रीय सदस्य कृष्ण केसी, प्याब्सन कास्कीका कोषाध्यक्ष श्रीकृष्ण अधिकारीले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ५ लाखको चेक हस्तान्तरण गरे ।
प्याब्सनले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम महानगरको कोषमा सहयोग गरेको प्याब्सन कास्कीका पूर्व अध्यक्ष केसीले बताए । महानगर हाम्रो अभिभावक भएकाले उसले थालेको अभियानमा प्याब्सनले साथ दिन सहयोग गरेको प्याब्सन कास्कीका अध्यक्ष सुवेदीले बताए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संकटको बेलामा प्याब्सन कास्कीले गरेको सहयोग सह्रानीय भएको बताउँदै आ—आफ्नै ढंगले राहत वितरण गर्दा जोखिम बढ्ने हुँदा महानगरपालिले व्यवस्थित तरिकाले एकद्वार प्रणाली मार्फत राहत वितरणको योजना बनाएको बताए । कोरोनाको संक्रमणलाई फैलिन नदिन सरकारले गरेको लकडाउनको समयमा अति विपन्न र महामारीले जोखिममा परेका परिवारहरुलाई राहत वितरण गर्न पोखरा महानगरपालिकाले राहत कोष स्थापना गरेको हो ।
शुक्रबार कुँडहर बचत तथा ऋण सहकारी संस्थाले ५० हजार, पोखरेली ख्रिस्टिय समुदायले २५ हजार, असल छिमेकी नेपाल पोखरा सिम्पानीले २५ हजार सहयोग सहयोग गरेका छन् । पोखरेली ख्रिस्टिय समुदायका कोषाध्यक्ष राकेश पुन र असल छिमेकी नेपालका वरिष्ठ अधिकृत दिनेश केसीले पोखरा महानगरपालिकाका प्रमुख जिसीलाई चेक हस्तान्तरण गरेका थिए ।
धर्मस्थली बचत तथा ऋण सहकारी संस्था १५ हजार, अनुकुल कृषि सहकारी संस्था १५ हजार, शैक्षिक समाज सहकारी संस्था ११ हजार १ सय ११, दूध पोखरी बचत तथा ऋण सहकारी संस्था १० हजार ५ सय ५५, पानस बचत तथा ऋण सहकारी संस्थाले १० हजार सहयोग गरेका छन् । पोखरा महानगरपालिकाले विषम परिस्थतिमा महानगरले थालेको अभियानमा सहयोग गर्न सबैमा आह्वान समेत गरेको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१