पोखरामा मोटरसाइकल दुर्घटना हुँदा पुनको मृत्यु

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७६
photo 20

पोखरा, २० चैत । पोखरा–१४ चाउथेमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा पोखरा–२६ वुढीवजार निवासी ३८ वर्षीय निमबहादुर पुनको मृत्यु भएको छ ।

पोखरा–१४ खसीबजार चोक नजिकैको सडक छेउको नहरकुलोमा ग ११ प ८२८१ नम्बरको मोटरसाइकल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए । पुन सोही मोटरसाइकलले थिचिएको अवस्थामा थिए ।

प्रहरीले विहीबार विहान पुनको शव र मोटरसाइकल नहरकुलोबाट बाहिर निकालेको छ । बुधबार राति कतिवेला दुर्घटना भएको हो भन्ने वारेमा कुनै जानकारी भएको छैन् । नहरकुलोमा रातिदेखि शव र मोटरसाइकल रहेको थियो । विहीवार स्थानीय एक महिलाले उक्त दुर्घटना देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । गण्डकी प्रदेश सभामा आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत भएको छ । आर्थिक मामिला मन्त्री डा. टकराज…
  • सगरमाथा चढेर फर्कंदै गर्दा पोखराका युवा बस्ताकोटीको निधन

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । सगरमाथा सिखरमा पुगेर झर्दै गर्दा पोखराका युवा एवं पर्यटन व्यवसायी बिनोदबाबु बस्ताकोटीको निधन भएको छ । उनको घर…
  • गण्डकीमा बजेटको सिद्धान्त र प्राथमिकता आज

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति भएलगत्तै प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिवाललयले सूचना…
  • कास्कीको लेवाडेमा गाडी पल्टँदा ८ घाइते

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । काठमाडौंबाट पोखरा हुँदै बेनी जाँदै गरेको बस कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा बिहीबार बिहान दुर्घटनाग्रस्त हुँदा ८ जना…
  • पोखरा मुग्लिन सडक विस्तार- पोखरा खण्डमा पिचको तयारी

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । निर्माणाधीन पोखरा मुग्लिन सडक विस्तार परियोजनाको पोखरा खण्डमा पिचको तयारी गरिएको छ । पछिल्लो समय तीव्रताका साथ काम…

hero news full width

trending post

ट्रेन्डिङ्ग