तनहुँ, २० चैत । शिक्षक पेशा छाडेर व्यावसायिक रुपमा भैँसीपालनमा लागेका व्यासनगरपालिका–१३ का ३८ वर्षीय ईश्वरराज पन्थले गुदी गाउँबाट शहर नजीक व्यास–४ सिमलटारमा भैँसी झारेका छन् । कोभिड–१९ नियन्त्रणका लागि लकडाउन घोषणासँगै पन्थले आफ्नो फर्ममा रहेका २२ मुर्रा भैसीलाई पृथ्वीराजमार्ग नजीक झारेका हुन् ।
सदरमुकाम दमौलीदेखि करिब ८ किलोमिटर दूरीमा गुदीमा पराल र चोकर ढुवानी गर्न असहज र दूध बिक्री गर्नसमेत कठिनाइ हुने भएकाले दमौली बजार नजिकै भैँसी झार्नुपरेको कृषक पन्थले बताए । लकडाउनको शुरुको दिन दूध लिएर दमौलीतर्फ जाँदै गर्दा प्रहरीबाट विनाकारण आफूलाई यातना दिइएको दुखेसो उनले पोखे । लकडाउनका कारण परालको ट्रक पनि राजमार्गमा रोकिएको थियो । उनले भने ‘राजमार्ग नजीकै अस्थायी रुपमा फर्म राखेपछि ढुवानी गर्न सजिलो भएको छ,लकडाउन खुलेपछि पुरानै स्थलमा लैजाने छु ।’
Related News
सम्बन्धित समाचार
निर्माण व्यवसायीले बुझाए ज्ञापन
सुलभको बम्पर उपहारमा राहुललाई स्कुटर
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माघ ५, २०८१