एसियाली बजारमा तेलको मूल्य फेरि घट्यो   

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७६
refinery

सिंगापुर, १९ चैत (रासस–एएफपी) –– साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ। कोरोनाभाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ ।

गत सोमबार पनि तेलको मूल्यमा १८ वर्षकै न्यून विन्दुमा झरेको थियो तर भाइरसबाट सिर्जित आर्थिक क्षतिलाई न्यूनीकरण गर्न विश्वका नीति निर्माताहरुले अघि सारेका नयाँ नीतिहरुका कारण बजारमा केही सुधार आएको थियो ।

बुधबार अपराह्न एसियाली बजारमा अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) मा १.६६ प्रतिशतले कमी आई कच्चा तेल प्रतिब्यारेल २०.१४ अमेरिकी डलरमा किनबेच भएको छ । बजार खुल्दा भने डब्लुटिआईको मूल्यमा केही वृद्धि भएको थियो ।

श्राेतः ब्लुमबर्ग

अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्यमा पनि ३.४२ प्रतिशतले कमी भई प्रतिब्यारेल २५.४५ अमेरिकी डलरमा किनबेच भएको छ ।

विश्व बजारमा तेलको माग घटे पनि साउदी अरेबिया र रसियाबीच तेल उत्पादनमा कटौती नगर्ने घोषणाले बजारमा तेलको मूल्यमा भारी गिरावट आएको हो ।

एएनजेड बैंकका एक विश्लेषकले पानीजहाजको ट्राकिङबाट साउदी अरेबियाले गत साता कच्चा तेलको बिक्री बढाएको देखिएको बताए । साउदी अरेबियाले प्रतिदिन ७० लाख ब्यारेलबाट करिब ९० लाख ब्यारेल तेल उत्पादन गरेको अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल उत्पादनलाई घटाउन गरेको अनुरोधलाई बेवास्ता गर्दै साउदी अरेबियाले विश्वमा तेल आपूर्ति बढाएर प्रभाव कायम राख्न चाहेको एक्सीकर्प ग्लोबल मार्केटका रणनीतिकार स्टिफेन इन्सले बताउनुभयो ।

यस वर्षको शुरुदेखि मार्च महिनाको अन्त्यसम्ममा अर्थात् तीन महिनाको अवधिमा तेलको मूल्यमा झण्डै ६० प्रतिशतभन्दा बढीले कमी आएको छ ।

Related News

सम्बन्धित समाचार

  • ‘सिमेन्टमा मूल्यवृद्धि फिर्ता गर’

    आदर्श समाज सम्वाददाता पौष २५, २०८१
    पोखरा । सिमेन्टमा अस्वाभाविक मूल्यवृद्धिको निर्माण व्यवसायीले विरोध जनाएको छ । उनीहरुले सिमेन्ट उत्पादकले सिमेन्टको मूल्य अस्वाविभाक रुपमा बिनाआधार वृद्धि…
  • सिमेन्टमा मूल्यवृद्धिको निर्माण व्यवसायीद्वारा विरोध

    आदर्श समाज सम्वाददाता पौष २४, २०८१
    पोखरा । सिमेन्टमा अस्वाभाविक मूल्यवृद्धिको निर्माण व्यवसायीले विरोध जनाएको छ । उनीहरुले सिमेन्ट उत्पादकले सिमेन्टको मूल्य अस्वाविभाक रुपमा बिनाआधार वृद्धि…
  • सुजल डेरीले ल्यायो ‘सफल काउ घिं’ बजारमा

    आदर्श समाज सम्वाददाता पौष २१, २०८१
    पोखरा । सुजल डेरीले गाईको शुद्ध दूधबाट उत्पादित ‘सफल काउ घिं’ उपभोक्तामाझ ल्याएको जनाएको छ । यसबाट आफ्नो उत्कृष्ट गुणस्तर, विशिष्ट…
  • २० औं लेखनाथ महोत्सव सुरु

    रामशरण नेपाली पौष १८, २०८१
    लेखनाथ । लेखनाथमा बिहीबारदेखि २० औं संस्करणको लेखनाथ महोत्सव–२०८१ सुरुआत भएको छ । १८ पुसदेखि १ माघसम्म सञ्चालन हुने महोत्सवमा…
  • २० औं लेखनाथ महोत्सव बिहीबारदेखि

    आदर्श समाज सम्वाददाता पौष १७, २०८१
    लेखनाथ । २० औं संस्करणको लेखनाथ महोत्सव बिहीबारदेखि सुरु हुँदैछ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने…

hero news full width

trending post

ट्रेन्डिङ्ग