कास्की, चैत्र-१८ । लकडाउनको समयलाई घरकै कोठाभित्र बसी सदुपयोग गर्न प्रविधिमैत्री शिक्षक समाज, नेपालको केन्द्रीय प्राविधिक समितिले अनलाइन प्रशिक्षक प्रशिक्षण (TOT) तालिम सञ्चालन सञ्चालन गरेकाे छ ।
‘हामीले लकडाउनको समयलाई शैक्षिक बहसमा विताएका छौ, प्राविधिक पेसागत विकासमा अभिवृद्धिमा सघाइरहेका छौ’ तालिममा सहभागी गण्डकी प्रदेशका सदस्य दुर्गा बहादुर रावतले भने। उनले इन्टरनेटको पहुँचमा रहेका शिक्षकहरुलाई विभिन्न किसिमका ज्ञान आदानप्रदान गर्ने गरेको बताए।
चैत्र १४ गतेदेखि सञ्चालन भैरहेकाे तालिममा देशभरका करिब १ सय शिक्षक सहभागी छन्। भिडियो कन्फरेन्सको माध्यमबाट शिक्षकहरूलाई प्रविधिमैत्री तुल्याई कक्षाकोठामा प्रविधिको पहुँच विस्तार गर्ने तालिमकाे उदेश्य रहेकाे छ ।
Learning by doing and doing by learning सिद्धान्तमा आधारित रहेर सञ्चालन भएको यस प्रकारको तालिमले संस्थागत तथा ब्यक्तिगत बिकास गई अन्ततः कक्षाकोठाको शिक्षण सिकाइ प्रविधियुक्त हुने र विद्यार्थीहरूको सिकाइमा टेवा पुग्ने विश्वास लिइएको गण्डकि प्रदेश अध्यक्ष पौडेलले बताए।
‘सिकेको सीपलाई देशभर पुर्याउन लकडाउनको समयले साथ दिएको छ, घरमा बस्दा कोरोना संक्रमणको जोखिम पनि नहुने, धेरै ज्ञान पनि सिकिने’ केन्द्रीय प्राबिधिक संयोजक घनश्याम अधिकारिले भने। उनले दैनिक दुई चरणमा तालिम सञ्चालनको तयारी भइहरको बताए।
नेपालका ७७ वटै जिल्लाका शिक्षकलाई जोड्ने योजना रहेको बताए उनेले बताए । प्रविधिमैत्री शिक्षक समाज, नेपाल नेपालभरका तमाम प्रविधिमैत्री शिक्षकहरूको आत्मजागरणको उपज भएको हुँदा शिक्षकको पेसागत विकासका लागि तालिम नेपालमै नौलो अभ्यास भएको दावी समेत गरिएको छ।
प्रविधिको प्रयोग गरी शिक्षकहरूलाई आवश्यक पर्ने शिक्षण सिकाइ सामग्री निर्माणका लागि आवश्यक टुल्सहरू, अनलाइन टिचिङ, इमेल–इन्टरनेटको उपयोग, विद्यार्थी मूल्याङ्कनका लागि आवश्यक साधनहरु निर्माण, वेव पेज डिजाइनिङ, हार्डवेयर, नेटवर्किङ, अफिस प्याकेज, अडियो भिडियो इडिटिङ, एडोब, मोबाइल टिचिङ तथा विभिन्न सिकाइ सफ्टवेयहरूको प्रयोग लगायत विषयगत शिक्षण सिकाइका लागि आवश्यक पर्ने विभिन्न विषयवस्तुहरू तालिम प्याकेजमा समावेश गरिएको प्राविधिक समितिका संयोजक घनश्याम अधिकारीले बताएका छन्।
तालिमलाई केन्द्रीय प्राविधिक समितिका शिक्षकहरूले नै सहजीकरण गरिरहेको पनि उनले बताए। केन्द्रीय प्रशिक्षकहरू तयार गरेपछि विस्तारै प्रदेश, जिल्ला र स्थानीय तहहरूमा पनि यस प्रकारका तालिमहरू सञ्चालन गरी सबै आधुनिक सूचना तथा सञ्चार प्रविधिमा शिक्षकहरूलाई सक्षम तुल्याउने समाजले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास
राहत शिक्षक अन्नपूर्णमा शिवप्रसाद
हिमालय माविका भूपू विद्यार्थी एकजुट
‘निजी तथा सरकारी विद्यालयबीच विभेद नगरौं’
प्याब्सन कास्कीमा षडानन्द गौतम
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१