राहत वितरण व्यवस्थित र प्रभावकारी बनाउँ – कास्की काँग्रेस

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७६
p 19

दैनिक मजदुरी गर्ने बेसाहारा बृद्धबृद्धालाई लकडाउनले समस्या पारेपछि राहतको खाद्यन्न वितरण गर्दै पोखरा महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष दर्शन लामा।

पोखरा, १८ चैत ।नेपाली काँग्रेस कास्कीले सरकारले उपलब्ध गराउन लागेको राहतलाई व्यवस्थित र व्यवहारिक बनाउन माग गरेको छ ।राहत वितरणका लागि तयार पारिएको मापदण्ड अव्यवहारिक र झन्झटिलो भएकाले त्यसलाई सहज बनाउन माग गरेको हो ।

‘विपन्न र गरीब नागरिकका लागि जतिसक्दो चाडो राहत जरुरी छ, कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, राहत वितरणलाई सहज र छिटो छरितो बनाउन आवश्यक छ ।’ दैनिक ज्यालादारी र मजदुरी गर्नेसँग मापदण्ड अनुुसारको कागजपत्र हुन सक्ने अवस्था नरहेको भन्दै व्यवहारिक भएर राहत उपलब्ध गराउन माग गरेको हो ।

विज्ञप्तिमा गण्डकी प्रदेशमा स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा पोशाक र उपकरणलगायतका सामग्री अभाव हुँदा आवश्यक परीक्षण र उपचारमा ढिलाई हुनु चिन्ताजनक विषय भएको भन्दै ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा कोरोना बाहेक अन्य बिरामीको अवस्थाप्रति पनि सम्वेदनशील हुँदै उपचार व्यवस्था मिलाउन माग गरिएको छ ।विज्ञप्तिमा मुलुक राष्ट्रिय संकटमा रहेका बेला कोरोना रोकथाम र परीक्षणका लागि खरिद गरिएका उपकरणमा करौडौ रुपैया भ्रष्टाचार भएको सार्वजनीक भएकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ । कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलका अनुसार, समस्यामा परेकालाई सहयोग गर्न र विपन्नलाई राहत उपलब्ध गराउन नामावली संकलनमा सक्रिय बन्न कास्की काँग्रेसले सबै इकाइलाई आग्रह गरेको छ ।

यसैबीच, नेपाली काँग्रेसको तर्फबाट पोखरा महानगरपालिकाका मेयरका उम्मेद्वारी रामजी कुँवर र उपमेयर उम्मेद्वार सरस्वती गुरुङले पनि विज्ञप्तिमार्फत् राहत आवश्यक सबै नागरिकलाई राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।विज्ञप्तिमा संकटका बेला आफुहरु पोखरेलीको साथमा रहेको भन्दै धैर्य गर्न अनुरोध गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width