कफी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र कफी व्यवसाय प्रवद्र्धन गर्न उद्देश्यले अन्तराष्ट्रिय मान्यताप्राप्त वैज्ञानिक प्रविधियुक्त कफी एकेडेमी अफ एक्सलेन्स नेपाल संचालनमा आएको छ।
पोखरामा विहीवार सो संस्था उद्घाटन गर्दै राष्ट्रिय चिया तथा कफी वोर्ड केन्द्रीय कार्यालयका निमित्त कार्यकारी प्रमुख दीपक खनालले नेपालमा कफीको निकै राम्रो सम्भावना भए पनि यो क्षेत्र व्यापक रुपमा बिस्तार हुन नसकेको बताए।
कफीमा आत्मनिर्भर भएर विदेश निर्यात गर्न सक्ने सम्भावना प्रशस्त भए पनि यस क्षेत्रप्रति सरोकारवालाको चासो बढ्न नसकेको उनको भनाइ थियो। उनले नेपाली बजारको माग समेत नेपाली कफीले धान्न नसकेको र पछिल्लो समय वार्षिक १२ सय ६१ मेट्रिक कफी आयात भएको जानकारी दिए।
जिल्ला कफी व्यवसायी संघका अध्यक्ष एवं कफी कृषक विश्वबन्धु पोखरेलले पछिल्लो समय कफीप्रति धेरै किसानको रुची बढ्दै गएकाले व्यवसायीकतातर्फ उन्मुख भएको बताए।
एकेडेमी संचालक एवं कफी व्यवसायी महासंघका केन्द्रीय सदस्य सरोज श्रेष्ठले समयको माग अनुसार अन्तराष्ट्रिय मान्यता प्राप्त गुणस्तर सेवा प्रदान गरी कृषि पर्यटन प्रवद्र्धन गर्ने गरी एकेडेमी संचालनमा ल्याएको जानकारी दिए।
कफी विज्ञ एवं प्राविधिक सल्लाहकार भोलाकुमार श्रेष्ठले नेपालमा उत्पादित कफी अन्तराष्ट्रिय रुपमा उच्चस्तरको पाइए पनि नेपालमा कफी उत्पादन बढ्न नसकेको उल्लेख गरे।
कफी व्यवसायी महासंघ संस्थापक अध्यक्ष ढकेश्वर घिमिरे नेपालमा पछिल्लो समय कफी संस्कृति विकास हुँदै गएको बताए।
कफी विज्ञ टोड आनेर्टले सरोकारवालासँग सहकार्य र समन्वयबाट कफी उत्पादन बढाउन सके छिट्टै कफी आयात घट्ने बताए। पछिल्लो तथ्यांक अनुसार नेपाली बजारमा वार्षिक १ हजार २ सय ६१ मेट्रिक टन कफी आयात भएको छ। उत्पादन ५ सय १३ मेट्रिक टनमात्रै छ। निर्यात भने झण्डै १ सय मेट्रिक टन मात्रै रहेको देखिन्छ।
एकेडेमी अध्यक्ष सन्तोष पोखरेलले नेपाली बजारमा कफीको माग बढ्दै गएकाले यसलाई व्यवसायीक रुपबाट गति दिन एकेडेमी संचालनमा ल्याएको बताए।
कफीको मूल्य श्रृंखलाअनुरुप विभिन्न चरणमा आवश्यक पर्ने नर्सरी, बोटबिरुवा, बगैंचा व्यवस्थापन, उत्पादन, प्रशोधन, बजारीकरण र गुणस्तर प्रमाणिकरणजस्ता कार्यमा आवश्यक पर्ने कार्यलाई सहज र सुलभ ढंगले व्यवस्थापन गर्दै तालिम एवं परामर्श एकेडेमीले सञ्चालन गर्नेछ।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१