गौरीशंकरमा विविध कार्यक्रम

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७६
20191212_101046_Fotor

हेमजा मेलबोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसले २९ औं वार्षिकोत्सव अवसरमा विभिन्न प्रतियोगिता सम्पन्न गरेको छ।

जसअनुसार छात्रा भलिबलतर्फ सम्झना नेपालीले नेतृत्व गरेको गुराँस समूह प्रथम, छात्र भलिवलमा राजकुमार विकको सूर्यमुखी समूह पहिलो भए।

त्यस्तै देवेन भण्डारी टोली प्रमुख रहेको गुलाफ समूह हाजिरीजवाफतर्फ प्रथम तथा विनोद पौडेलको सूर्यमुखी समूह दोस्रो भए। त्यस्तै घैटो फुटाईमा कक्षा १२ का नारायण छन्ल्याल पहिलो भए।

बिहीवार स्मृति लेखन, कवडी र नेपाली/अङग्रेजी निबन्ध समेत गरिएको थियो। जसमा स्मृति लेखनतर्फ बीएड पहिलो वर्षकी कविता विक प्रथम, बीबीएस तेस्रो वर्षकी स्नेहा पौडेल दोस्रो तथा बीएड दोस्रो वर्षकी आश विक र बीबीएस तेस्रो वर्षकी सुजाता सिके तृतीय भए।

कवड्डीमा छात्रातर्फ शीतल विकको समूह प्रथम र छात्रतर्फ राहुल विकको समूह पहिलो भयो।

शुक्रबार म्यूजिकल चियर गरिने अतिरिक्त कार्यक्रम संयोजक सहायक प्राध्यापक राजाराम पोख्रेलले जानकारी दिए।

उनले आगामी वर्ष अतिरिक्त क्रियाकलापलाई वार्षिक कार्यतालिका बनाई सम्पन्न गर्ने प्रतिबद्घता पनि जनाए। वार्षिकोत्सव समारोह शनिवार विविध कार्यक्रमबीच सम्पन्न हुँदैछ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width