प्रधानसेनापति अन्तराष्ट्रिय महिला फुटबलको तयारी

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७६
Army International Womens Football_Fotor

नेपाली सेनाले प्रधानसेनापति सातौं संस्करणको आमन्त्रित अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता संचालन गर्ने भएको छ।

यही मंसिरको २९ गतेदेखि सेनाले प्रतियोगिता काठमाडौँस्थित सेनाको आफ्नै मुख्यालय र ललितपुरको लगनखेलस्थित सेनाको दुईवटा मैदानमा खेलाउने भएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा संचालन हुने प्रतियोगितामा ३ विभागीय, २ विदेशी ३ प्रदेशस्तरको फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५, भारतको सिक्किम र भूटानको फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन्।

लिगकम नक आउटका आधारमा संचालन हुने प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र सेमिफाइनलिस्ट दुई टोलीले समान ५०/५० हजार पुरस्कार पाउनेछन्। प्रतियोगिताको सवोर्त्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन्। यस्तै, उत्कृष्ट कीपर, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले समान १०/१० हजार पाउनेछन्। सेनाले २०७० सालदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको नेपाली सेनाको मुख्यालय जंगी अड्डामा विहीबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ। सैनिक–नागरिक सम्बन्ध बढाउन, महिलालाई खेलप्रति आकर्षित गर्न र खेलका माध्यमबाट सम्बन्ध सुमधुर बनाउन प्रतियोगिता संचालन गर्दै आएका छौँ, ’ महासेनानी शशिकिरण रायमाझीले भने।

विगतमा सोझै नकआउटका आधारमा संचालन गरिँदै आएको प्रतियोगितालाई यस पटकदेखि विदेशी टबल टोलीको आग्रहमा लिगकम नकआउटका माध्यमबाट संचालन गर्न लागिएको महासेनानी रायमाझीले जानकारी गराए।

प्रतियोगितको उद्घाटन खेल मंसिर २९ गते त्रिभुवन आर्मी क्लब र प्रदेश नं १ बीच सेनाको ख्यालयस्थित खेल मैदानमा हुनेछ। प्रतियोगिता आगामी पुसको ९ गतेसम्म चल्नेछ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width