दीप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सीले माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप आयोजना गर्ने भएको छ। माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्ड च्याम्पियनसीप एक ग्लोबल प्रतिस्पर्धा हो।
यो प्रतियोगिताले विद्यार्थीको माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्टमा सीप परीक्षण गर्दछ। प्रतियोगिताका ३ तह रहेको जनाइएको छ। प्रतियोगितामा सहभागी हुन चाहने जो कोही १३ देखि १८ वर्षको हुनुपर्नेछ। प्रदेशस्तरको परीक्षा पास गरेकाहरु राष्ट्रिय च्याम्पियनसीपका लागि काठमाडांै जानेछन्।
काठमाडौंमा पाँचै प्रदेशबाट छानिएका १ सय ५० जना बीच प्रतिस्पर्धा हुनेछ। काठमाडौंबाट प्रत्येक विधाका २ जना शीर्ष गरी शीर्ष ६ जना विद्यार्थी वल्र्ड च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरिकाको क्यालिफोर्निया जाने कार्यक्रम छ। १७ वर्षदेखि सो च्याम्पियनसीप भैरहेको र सन् २०१९ मा १३० देशका ७ लाख ६० हजार विद्यार्थीले सहभागिता जनाएका थिए। यो प्रतियोगितामा यसअघि नेपालको भने सहभागिता जनाएको थिएन।
कम्प्युटर शिक्षा तथा उच्च शिक्षा अध्ययनको क्षेत्रमा कार्य गर्दै आएको पोखराको सृजनाचोकमा रहेको दीप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी तथा दीप कम्प्युटर इन्ष्टिच्युटले माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्र्ड च्याम्पियनसीपमा गण्डकी प्रदेशका विद्यार्थीलाई सहभागी गराउने भएको हो।
प्रतियोगितामा भाग लिन चाहनेको लागि रजिष्ट्रेसन भैरहेको दीप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सीले जनाएको छ।
गण्डकी प्रदेशका ९ जिल्लाको प्रतियोगीतामा सहभागिता हुने निश्चित भएको कन्सल्टेन्सीका सञ्चालक दिनेश लामिछानेले जनाए। २० डिसेम्बरभित्र सहभागी विद्यालयको नाम पठाइने उनले जनाए। रिजनल राउण्ड जेठमा, नेशनल राउण्ड असारमा र साउन १८ देखि २१ सम्म वल्र्ड च्याम्पियनसीप अमेरिकाको क्यालिफोर्नियामा हुने लामिछानेले सुनाए।
सहभागी हुन चाहनेका लागि आवश्यक तालिम व्यवस्था पनि कन्सल्टेन्सीले नै गरेको छ। संस्थाले विभिन्न क्षेत्रका जनशक्तिको आवश्यकता पूरा गर्ने हेतुका साथ २५ भन्दा बढी कम्प्युटर कोर्स समेत सञ्चालन गरिरहेको जनाएको छ।
Related News
सम्बन्धित समाचार
धारापानी माविको ७४ औं वार्षिकोत्सव
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
hero news full width
मुख्य समाचार
करार फालेर करार नियुक्त गर्दै महानगर
भलिबल क्रेज बढाउँदै टाइगर कप
माघ १२, २०८१पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न
माघ १२, २०८१सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
माघ १२, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१