डेपुटी गभर्नर श्रेष्ठ बर्खास्त हुन सक्ने

आदर्श समाज सम्वाददाता
मंसिर २६, २०७६
Shiva Raj Shrestha_Fotor

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ बर्खास्त पर्ने भएका छन्।

श्रेष्ठमाथि वित्तीय अपचलनका चार आरोप लागेका थिए। आरोप अनुसन्धान गर्न गठित राष्ट्र बैंकको सञ्चालक समिति सदस्य श्रीराम पौडेल संयोजक रहेको छानबिन समितिले प्रतिवेदन बुझाउँदै तीन आरोप सही भएको जनाएको हो।

समितिले मंगलबार राष्ट्र बैंकमा बुझाएको प्रतिवेदनमा श्रेष्ठले फाइल लुकाएर कतिपय वित्तीय संस्थाहरुलाई गलत काम गर्न प्रोत्साहित गरेको, कारबाही गर्नुपर्ने वित्तीय संस्थाहरुको फाइल लुकाएको र सम्पत्ति शुद्धिकरणका कतिपय आरोपहरु सही सावित भएको जनाएको छ।

छानबिन समितिको प्रतिवेदन राष्ट्र बैंक सञ्चालक समितिले अघिल्लो दिन नै पारित गरिसकेको छ। छानबिन प्रतिवेदन अर्थ मन्त्रालयमा र त्यहाँबाट मन्त्रिपरिषद् प्रतिवेदन पठाउने बताइएको छ।

श्रेष्ठको कार्यशैलीप्रति शंका उब्जिएपछि सरकारकै निदेर्शनमा राष्ट्र बैंकले छानबिन समिति बनाएर प्रतिवेदन तयार पार्न जिम्मेवारी दिएको थियो। पौडेलको संयोजकत्वमा गठित छानबिन समितिमा रामजी रेग्मी र सुवोधकुमार कर्ण सदस्य थिए।

अनुसन्धान गर्न छानबिन समिति गठन भएलगत्तै श्रेष्ठ निलम्बनमा छन्। छानबिन समितिले श्रेष्ठमाथि लागेका आरोप सही प्रमाणित गरेपछि उनी बर्खास्तीमा पर्ने निश्चित भएको राष्ट्र बैंक स्रोत बताउँछ।

स्रोतका अनुसार बर्खास्त गर्नुअघि श्रेष्ठलाई सरकारले १५ दिनको स्पष्टिकरण दिने समय भने प्रदान गर्ने छ।

जवाफ चित्तबुझ्दो नभए उनलाई बर्खास्त मन्त्रिपरिषद् बैठकले गर्ने व्यवस्था छ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width