पुसदेखि प्याब्सन स्पोर्टस् मिट

 ५ हजार बढी विद्यार्थीको सहभागिता

आदर्श समाज सम्वाददाता
मंसिर २६, २०७६
PABSON, Pressmeet_Fotor

निजी तथा आवासीय विद्यालयहरुको छाता संस्था कास्की प्याब्सनले आयोजना गर्ने १६ औं प्याव्सन स्पोर्टस मिट २०७६ मा ५ हजार १ सय विद्यार्थीहरुले विभिन्न खेलका इभेन्टहरुमा प्रतिष्पर्धा गर्ने भएका छन्।

पोखरामा मंसिरको २६ गते बाट अनौपचारिक र पुष १ गतेबाट विधिवत रुपमा शुरु हुने स्पोर्टस् मिटमा ८३ विद्यालयका ५ हजार १ सय विद्यार्थीहरुले सहभागिता जनाउने प्यावसन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्माले बताए।

१६ औं प्याबसन स्पोर्टस मिट २०७६ सम्पन्न गर्न विभिन्नि १७ सदस्यीय उपसमिति गठन गरेको उनले जानकारी दिए।

प्याब्सन कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा स्पोर्टस् मिटबारे जानकारी दिदैं अध्यक्ष शर्माले सिनियर फुटबलमा ५२ टिम, जुनियरतर्फ २४ र सिनियर छात्रातर्फ १७ टिमको सहभागिता रहने बताए। फुटबलका खेलहरु आयोजनाका लागि आदर्श यूवा क्लबको खेल मैदान भण्डारढिक, नेपाल आदर्श माबिको खेलमैदान लेखनाथ, मझेरीपाटनस्थित शान्तिदीप माबिको खेलमैदान र हेम्जाको बिष्णुपादुका खेलमैदानमा हुनेछन्।

त्यसैगरि, छात्र–छात्रातर्फको भलिबल, बास्केटबल, टेबुलटेनिस र एथ्लेटिक्सका खेलहरु पोखरा रंगशालामा आयोजना हुनेछन्। जसअन्तरगत सिनियर छात्र भलिबलमा २४, छात्रातर्फ १७, टेबुलटेनिस छात्रतर्फ ३९, छात्रातर्फ २६ तथा एथलेटिक्स छात्रतर्फ ६३ र छात्रातर्फ ४८ विद्यालयका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।

एथ्लेटिक्स जुनियर र सिनयरतर्फ छात्रका १० इभेन्ट र छात्रातर्फ ८ इभेन्ट हुने प्याब्सन कास्कीले जनाएको छ।

आगामी पुषको १ गतेदेखि ५ गतेसम्म संचालन हुने प्याब्सन स्पोर्टस् मिटको औपचारिक उद्घाटन पुष १ गते पोखरा रंगशालामा गरिने प्यावसन कास्कीका वरिष्ठ उपाध्यक्ष तथा प्रतियोगिता संयोजक मथुराप्रसाद पौडेलले जानकारी दिए।

उद्घाटन कार्यक्रममा ४१ विद्यालयका छात्र–छात्राहरुले मार्चपासमा सहभागिता जनाउनेछन्। पोखरामा १० दिनसम्म निरन्तर चल्ने प्याब्सन स्पोर्टस् मिटमा दैनिक १० हजार भन्दा बढि विद्यार्थी अभिभावक र अन्य दर्शकहरुले अवलोकन गर्ने आयोजकको छ।

शिक्षासँगै खेलकूदको विकास गर्ने उद्देश्यले आयोजित प्याब्सन स्पोर्ट्स् मिट सम्पन्न गर्न करिब २५ लाख खर्च लाग्ने अध्यक्ष शर्माले बताए। उनले भने, ‘यो कार्यक्रम बालबालिको शिक्षामा थप उत्प्रेरणा जगाउन र राष्ट्रका लागि खेलाडी उत्पादन गर्न यस कार्यक्रमले सहयोग पुर्याउने्छ। ’

सबै खेलका इभेन्टमा सबै भन्दा वढी अंक हासिल गर्ने विद्यालयलाई प्याब्सन स्पोर्टस् मिट रनिङ शिल्ड प्रदान गरिनेछ। दुई वर्षअघि सम्पन्न १५ औं संस्करणमा टप्स माबिले रनिङ शिल्ड प्राप्त गरेको थियो। कूल १ सय २ विद्यालय आवद्ध रहेको प्याब्सन कास्की अन्तरगतका विद्यालयमा ७५ हजार भन्दा बढि विद्यार्थीहरु अध्ययनरत छन्। कास्कीको निजी तथा आवासीय विद्यालयहरुमा ७ हजार ३ सय शिक्षक तथा कर्मचारीहरु कार्यरत छन्। कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष बीरबहादुर बुढाथोकी, प्याब्सन मिट न्यायिक समितिका संयोजक कृष्ण केसी, प्याब्सन उपाध्यक्ष राम गुरुङ, प्याब्सन कोषाध्यक्ष कृष्ण केसी, शुरक्षा समितिका संयोजक दिवाकार जैसी, भलिबल प्रतियोगिता संयोजक विश्वराज बास्तोलालगायतले प्याब्सन मिटका विविध पक्षबारे जानकारी गराए।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width