पोखरामा सहरी उत्थानशिलता परियोजना

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७६
agreement (1)_Fotor

पोखरा महानगरपालिका भए पनि ग्रामीण भूभागले घेरिएको छ। सामान्यतः नगरपालिका भनेकै व्यवस्थित सहर हो। तर पोखरामा पछि थपिएका वडाहरु पूरै विकट छन्। विकासका पूर्वाधार अझै पुग्न सकेका छैनन्। यातायात, शिक्षा, स्वास्थ्य, सुरक्षा लगायत पूर्वाधार नहुँदा बसाईसराईको दर वषेर्नी बढिरहेकै छ। अहिले गाउँ र शहरबीचको दुरी कम गराउन पोखरा महानगरले विभिन्न परियोजना अघि बढाएको छ। मंगलबार बेलायतको अन्तराष्ट्रिय विकास मन्त्रालय (डीएफआईडी) सँग सहरी उत्थानशिलता परियोजना सञ्चालनबारे सम्झौता भएको छ।

आर्थिक वृद्धि र अवसरलाई समन्यायिक वितरण गर्दै ग्रामीण क्षेत्रको विकासमा टेवा पुर्याउने परियोजनाको लक्ष्य छ। ‘डीएफआईडीसँग राम्रा जनशक्ति छन्। हामी अर्वान डेभलोपमेण्टमा पाइला सार्दै गर्दा यसले राम्रै सहयोग पुग्ने विश्वास छ, ’ पोखराका मेयर मानबहादुर जिसी भन्छन्, ‘शहर र गाउँलाई कसरी जोडने? आर्थिक वृद्धिदर कसरी बढाउने, राजश्व संकलनलाई कसरी प्रभावकारी बनाउने यसको खाका परियोजनाबाट तयार हुन्छ। ’

मेयर जिसी र डीएफआईडीका उत्थानशीलता तथा समावेशीता टोली प्रमुख साइमन लुकासले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार डीएफआईडीले महानगरमा सञ्चालित परियोजनामा प्राविधिक सहयोग गर्ने, यसका लागि आवश्यक खर्च तत्कालै उपलब्ध गराउने, कुनै समस्या भए तत्काल समाधान गर्ने लगायत समझदारी गरेको छ। महानगरले चाहीँ उपलब्ध भएका कर्मचारीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

पोखरालाई समृद्ध आर्थिक रुपमा समृद्ध बनाउने, सुसंस्कृत र आधुनिक सहर निर्माण गर्ने काममा यो परियोजनाले प्राविधिक सहयोग गर्ने सम्झौतापत्रमा उल्लेख छ। यो परियोजना ४ बर्ष ६ महिनासम्म चल्नेछ। कार्यक्रममा परियोजनाका राजीतिक सल्लाहकार तथा नेपाल सरकारका पूर्व सचिव कृष्ण ज्ञवालीले परियोजना आर्थिक अवसरको विविधिकरण, लगानीको आवश्यकता, वातावरणमैत्री लगानी, सहरी सुशासन, स्थानीय सरकारको संस्थागत क्षमता बढाउन फलदायी हुने बताए। दीगो सहरी विकास, लगानी सहजीकरणमा पनि यसको जोड छ।

डिएफआइडीका उत्थानशीलता तथा समावेशीता टोली प्रमुख लुकासले पोखराले कृषि र पर्यटनको क्षेत्रमा बढी ध्यान दिने सुनाए। पोखरालाई अन्तराष्ट्रिय सहर बनाउन सके कामबाट अवकास लिएका विश्वका धेरै व्यक्तिहरु यहाँ बस्न आउने वातावरण बन्ने उनको विश्वास छ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width