तेस्रो बृहत् शैक्षिक प्रदर्शनी शुरु

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७६
N pabson (1)_Fotor

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल (एनप्याब्सान) कास्कीको आयोजनामा तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १३ औं लोकनृत्य प्रतियोगिता मंगलबार शुरु भएको छ।

‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई श्रेय’ भन्ने मूलनाराका शुरु प्रदर्शनी केन्द्र नयाँबजारमा मंसिर २७ सम्म चल्ने छ। प्रदर्शनीमा नेशनल प्याव्सानमा आवद्ध ४६ वटै विद्यालयका विद्यार्थीले विषयगत विधाका सृजना प्रदर्शन गरेका छन्।

शैक्षिक प्रदर्शनीमा पूर्व प्राथमिक तह, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन, भाषा अङ्ग्रेजी र नेपालीका विषयगत विधाहरू छन्। प्रदर्शनीमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले ट्रफी प्राप्त गर्नेछन्।

मंसिर २७ गते लोकनृत्य प्रतियोगिता गरिने छ। ७ देखि १२ जनाको समूहमा लोक भाषा संस्कृति झल्कने गीत प्रस्तुत हुने प्रतियोगितामा पुरस्कार व्यवस्था गरिएको छ। प्रदर्शनीमा करीब १ लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको छ।

प्रदर्शनी उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेपालको शैक्षिक गुणस्तर बढाउन निजी विद्यालयको योगदान अुतलनीय रहेको बताए। ‘सरकार र निजी विद्यालयबीच केहि समस्या छन्, ’ शेरचनले भने, ‘समस्या समाधान गर्नका लागि हातेमालो गरेर अगाडि बढ्नु पर्दछ। ’ उनले निजी विद्यालयका समस्या सम्बोधन गर्न संबन्धित निकायमा कुरा पुर्याउने विश्वास दिलाए। अहिलेको युग विज्ञानको युग भएकोले विद्यार्थीले सृजना गरेका समानले यहाँका विद्यार्थीले पनि नयाँनयाँ आविस्कार गर्न सक्छन् भन्ने प्रमाणित गरेको उनको भनाइ थियो।

नेशनल प्याव्सानका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले एन प्याव्सानले विद्यार्थीलाई वर्तमानको साझेदार बनाउने काम गरेको बताए।

शिक्षा विकास तथा समन्वय इकाइ पोखराका प्रमुख नारायण सुवेदीले शैक्षिक क्षेत्रमा भएका कमी कमजोरीलाई पैरवी र वहस गर्ने बताए।

कार्यक्रममा एन प्याव्सान कास्कीले पोखरा सार्वजनिक पुस्तकालयलाई पुस्तक सहयोग गरेको थियो।

कार्यक्रममा नेशनल प्याव्सान गण्डकी प्रदेश प्रमुख यामबहादुर खड्का, हिसान कास्कीका अध्यक्ष डा रामजी शर्मा, युनिप्स नेपालका केन्द्रीय अध्यक्ष सन्तबहादुर गुरुङ, पुस्तक व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष ऋषिराम भण्डारी, प्याव्सीयूका केन्द्रीय उपाध्यक्ष शिवलाल उपाध्यायले बोलेका थिए।

एन प्याव्सान कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष शिवदत्त तिवारीले स्वागत र सचिव मनकाजी गुरुङले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width