अधिकारकर्मी सिलवाल सम्मानित

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७६
BINA SILWAL, Adhikarkarmi_Fotor

मानव अधिकार क्षेत्रमा योगदान पुर्याएकोमा राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले अधिकारकर्मी वीना सिलवाललाई सम्मान गरेको छ। उनलाई पोखरामा आयोजित एक कार्यक्रममा उच्च अदालत पोखराका न्यायाधीश विनोदमोहन आचार्यर्ले १० हजारसहित सम्मानपत्र प्रदान गरे।

प्रत्येक २ वर्षमा प्रदान गरिने सो पुरस्कारबाट यसअघि नवलपुरका कैलास ठाकुर र कास्कीका खगराज आचार्य सम्मानित भइसकेका छन्।

कार्यक्रममा न्यायाधीश आचार्यले मानवअधिकार विश्वव्यापी मान्यता रहेको उल्लेख गरे। निरंकुश र तानाशाह सरकारमाथि मानवअधिकारकर्मीहरुले ‘वाच डग’ रुपमा हेर्नुर्पर्नेमा जोड दिए।

कार्यक्रममा पोखरा नागरिक समाजका सह–संयोजक इन्द्रकमल मानन्धर, समाजका पूर्व संयोजक रामबहादुर पौडेल र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशका निर्देशक दीपकध्वजजंग कार्की लगायत बोलेका थिए।

समिति अध्यक्ष विष्णुहरि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका विन्ध्येश्वरी बरालले स्वागत र महासचिव सुनिल पाण्डेले संचालन गरेका थिए।

यसैबीच, सो अवसरमा समितिले सीमा विवादबारे चर्चा–परिचर्चाको आयोजना गर्यो। सहभागीले राज्यले कुटनीतिक सम्बन्धका आधारमा सीमा विवाद सुल्झाउनुपर्ने बताए। कुटनीतिक सम्बन्धबाटै मिचिएको आफ्नो भू–भाग फिर्ता गर्नुर्पर्ने उनीहरुको धारणा थियो। सहभागीहरुले भने, ‘शासकहरुमा राष्ट्रियत र सार्वभौमसत्ताको चेत हुनुपर्छ। उनीहरुमा पराधीनता होइन, स्वाधीनताको चेत शासक हुनुपर्दछ। ’

समिति सल्लाहकार वरिष्ठ अधिवक्ता तिलक पराजुलीले राज्यले सीमा सुरक्षा गर्नुपर्नेमा जोड दिए। सीमा नाकामा सुरक्षा निकायलाई सकृय बनाउनुपर्नेमा उनको जोड थियो। पराधीनताको मानसिकतालाई त्याग्नुपर्ने उनको धारणा थियो।

समिति सल्लाहकार वरिष्ठ अधिवक्ता भूपनिधि पन्तले राज्यले छिमेकी मुलुकरुसँग राष्ट्र हित र स्वार्थका आधारमा कूटनीतिक सम्बन्ध राख्नुपर्नेमा जोड दिए। पन्तले कूटनीतिक हिसावले सीमा समाधान गर्नुपर्ने उल्लेख गरे।

प्राडा भवानीप्रसाद पाण्डेले शासक वर्गहरुमा राष्ट्रियताको चेत हुनुपर्नेमा जोड दिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width