६१ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७६
P1040839_Fotor

प्राज्ञिक विद्यार्थी परिषद्ले रजतजयन्ती अवसरमा पोखरामा खुला रक्तदान गरेको छ।

‘एकल संकल्प राष्ट्रका लागि’ भन्ने मूलनाराका साथ आयोजित रक्तदानमा ६१ युनिट रगत संकलन भएको छ।

कार्यक्रम उद्घाटन गर्दै स्टेप बाई स्टेप बोर्डिङ स्कूलका संस्थापक निर्मला बरालले परिषद्ले रक्तदान जस्तो कार्यक्रम गरी उदाहरणीय कार्य गरेको बताइन्।

त्यस अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् पोखराका अध्यक्ष दीपक रेग्मी, सचिव केदार खनाल, गण्डकी सचिव सृष्टि जोशी लगायतले बोलेका थिए।

कार्यक्रम पद्म नर्सिङ होमका वरिष्ठ रेडियोलोजिष्ठ डा कालु शर्माको अध्यक्षतामा भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width