चिनिया पर्यटक नेपाल भित्र्याउन सहमति

रासस
मंसिर २५, २०७६
MOU_Fotor

प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले चाइना आउट बाउण्ड टुरिजम रिसर्ज इन्स्टिच्युट (कोट्री) सँग पर्यटकलाई नेपालमा भित्रयाउन एक समझदारी गरेको छ।

जसअन्तर्गत आवश्यक माकेर्टिङ तथा प्रवद्र्धनात्मक कार्यक्रम, अनुसन्धानमार्फत आवश्यक ज्ञान र तथ्य सम्प्रेषण तथा वितरण लगायत मानव संशाधन विकाससम्बन्धी तालिम कार्यशाला रहेका छन्।

यस्तै, मंसिर २० मा नयाँदिल्लीस्थित द पार्क होटलमा पाटा इण्डिया च्याप्टरद्वारा आयोजित ‘टुरिजम पावर हाउस’ कार्यक्रममा पाटा नेपालका अध्यक्ष सुनिल शाक्य र कोट्रीका सिइओ प्रोफेसर डा. वोल्फ ग्याङगले सहकार्य सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

उक्त सहकार्य सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा पाटा नेपालका महासचिव विभूतिचन्द ठाकुर, सिइओ सुरेशसिंह बुडाल र भ्रमण वर्ष २०२० का प्रबन्धक रोहिणी खनाल तथा कोट्रीकातर्फबाट हेडअफ सेल्स नविनकुमारले समेत उपस्थित थिए।

कोट्री चाइनाको आउड बाउण्ड पर्यटन बजारको सन्दर्भमा अनुसन्धान, जानकारी, तालिम, गुणस्तर निर्धारण तथा परामर्श प्रदान गर्ने विश्वकै अग्रणी एवम् प्रख्यात रिसर्च इन्स्टिच्युट हो।

पाटा नेपालद्धारा कोट्रीसँगको दीर्घकालीन सहकार्य गर्ने सम्झौता, नेपालका लागि विश्वकै सबैभन्दा ठूलो पर्यटन स्रोत बजार (चाइना) मा रहेको बृहत् अवसर र सम्भाब्यता उजागर गर्न एक महत्वपूर्ण कदम भएको पाटा नेपालका महासचिव विभूतिचन्द ठकुरीले जानकारी दिए। उनले पाटा नेपाल र कोट्रीको सहकार्य आगामी वर्ष २०२० फेब्रुअरी २२ देखि २५ सम्म काठमाडौँमा आयोजना हुने नाईस (नेपाल इण्डिया चाहिना एक्सपो) देखि शुरुवात भई निरन्तर रुपमा अगाडि बढ्ने समेत बताए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width