पोखराको लेकसाइडस्थित चेतना बचत तथा ऋण सहकारीको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
प्रमुख अतिथि गण्डकी प्रदेश सांसद राजीव पहारीले साधारणसभा उद्घाटन गर्दै सहकारीले पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने तथा फेवाताल संरक्षणको लागि थोरै भए पनि केही रकम छुट्याउनुपनेर्र्मा जोड दिए।
सो अवसरमा एसइईमा उत्कृष्ट अंक प्राप्त गर्ने शेयर सदस्यका छोराछोरीबाट प्रशानचन्द्र पहारी र सुप्रिया कोइरालालाई सम्मान गरिएको थियो।
यस्तै, संस्थाको विकासमा योगदान गर्ने उत्कृष्ट कारोबारी सरस्वती पराजुली, डिलमाया भुजेल, सुनिता लामा, रेखा लामिछाने, मोती प्रसाद ढुङ्गाना, शुशिला भण्डारी, बड्स एकेडमि, सन्तोष पहारी, शशांक पहारी, कृष्ण राज शर्मा पहारी लाई सम्मान गरिएको थियो।
संस्थाका संस्थापक अध्यक्ष गिरीराज अधिकारी, संस्थाका संस्थापक सदस्यद्वय पोखरा ६ र १७ का वडाध्यक्ष जगतबहादुर पहारी र तीर्थराज अधिकारीलाई पनि सम्मान गरिएको थियो।
संस्थाका अध्यक्ष ज्ञानेन्द्रराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष परशुराम शर्मा पहारीले स्वागत र सचिव तेजनारायण पराजुलीले संचालन गरेका थिए।
कुल ४ करोड ६३ लाख शेयर पुँजी रहेको सहकारीले २३ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरी २७ करोड ६ लाख ऋण लगानी गर्नुका साथै ९६ लाख रुपैयाँ संचालन मुनाफा गर्न सफल भएको छ।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१