काठमाडौं , २४ मंसिर । प्रहरीद्वारा गरिएको कुटपिटको विरोधमा पत्रकारले काठमाडौं दशरथ रंगशालामा धर्ना दिएका छन् । त्रिपुरेश्वरमा राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रवेशद्वार नजिकै तस्वीर लिने क्रममा मंगलबार प्रहरीले नागरिक दैनिकका पत्रकार सुमन चापागाईमाथि कुटपीट गरेको विरोधमा पत्रकारले धर्ना दिएका हुन् ।
उनीहरुले रिपोर्टिङका क्रममा पटक पटक दुव्र्यवहार गरेको भन्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को समापन समारोह बहिस्कार गर्ने चेतावनी दिएका हुन् । पत्रकारले नेपाल र भुटानबीचको पुरुष फुटबलको फाइनल खेल बहिस्कार गरेको बताएका छन् । दशरथ रंगशालाबाहिर टिकट किनेर आएका दर्शकमाथि प्रहरीले कुटपिट गरिरहेको तस्वीर खिच्ने क्रममा प्रहरीले पत्रकार चापागाईंमाथि कुटपिट गरेको थियो । पत्रकारहरु दशरथ रंगशालाबाहिर प्लेकार्डसहित धर्नामा बसेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले विज्ञप्ति जारी गरी पत्रकारमाथि दुव्र्यवहार गर्ने प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरलगायत प्रहरीलाई तत्काल कारबाही गर्न माग गरेको छ । मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीद्वारा जारी विज्ञप्तिमा १३ औं सागको सुरक्षा समितिमा नेपाल प्रहरी महानिरीक्षक स्वयं संयोजक रहेको स्मरण गराउँदै मंगलबारको घटनाले प्रहरीको सुरक्षा रणनीति तथा ज्यादती थप उजागर भएको बताएको छ ।
देशले राष्ट्रिय गौरवको कार्यक्रमका रुपमा आयोजना गरेको दक्षिण एसियाको सबैभन्दा ठूलो खेलमेलाको समाचार संकलन गर्न गएका पत्रकारमाथि गरिएको दुव्र्यवहारले नागरिक अधिकारका साथै निर्वाध रुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने न्यूनतम लोकतान्त्रिक अधिकारको समेत हनन भएको मञ्चले उल्लेख छ । त्यस्तै नेपाल पत्रकार महासंघले पनि विज्ञप्ति जारीगरी पत्रकार सुमन चापागाईंमाथि प्रहरीले कुटपिट गरेको घटनाको विरोध गरेको छ । पत्रकारमाथि प्रहरी अधिकारीकै नेतृत्वमा प्रहरीले गरेको ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको महासंघले बताएको छ ।
‘प्रहरीको यो हर्कतले पत्रकारलाई हतोत्साहित र त्रसित बनाउनुका साथै पत्रकार सुरक्षा थप चुनौतीपूर्ण हुने महासंघको ठहर छ । महासंघ प्रहरीबाट भएको यो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न र प्रेसको संवैधानिक अधिकारको सम्मान गरी पत्रकारलाई निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछु महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले पत्रकारमाथि दुव्र्यवहारको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएका छन्न् ।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
पोखराको गन्नीलाई रनिङ सिल्ड
hero news full width
मुख्य समाचार
लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
श्रावण ९, २०८१सौर्य एयर दुर्घटनामा १८ जनाको मृृत्यु
श्रावण ९, २०८१त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
श्रावण ९, २०८१