१३ औं दक्षिण एसियाली खेलकुद (साग) मंगलबार सकिदै

एजेन्सी
मंसिर २४, २०७६
13th-south-asian-games-ceremony-1024×576

पोखरा, २४ मंसिर । नेपाल र भुटानबीच हुने फुटबल खेलको फाइनलपछि साग समापन हुने छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार साग फुटबलको साविक विजेता नेपाल र पहिलो पटक फाइनल पुगेको भुटानबीच स्वर्ण पदकका लागि मंगलवार दशरथ रंगशालामा खेल सकिएसँग साग समापन हुने छ ।

समापन कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो प्रबिधिमार्फत सम्बोधन गर्ने तयारी भएको राखेपले जनाएको छ । स्वास्थ्य खराबकै कारण प्रधानमन्त्री ओली रंगशालामा उपस्थित हुन नसक्ने हुँदा भिडियोबाट नै संवोधन गर्ने छन् । संवोधनको क्रममा प्रधानमन्त्री ओलीले सागका विजेता खेलाडीका लागि प्रोत्साहन प्याकेज घोषणा गर्ने कार्यक्रम रहेको छ । १२ औं सागमा सरकारले व्यक्तिगत इभेन्ट्का स्वर्ण पदक विजेतालाई ३ लाख, रजतलाई २ लाख र कास्यलाई १ लाख सहित सम्मान गरेको थियो। यसपटक पुरस्कार राशी विगत भन्दा दोब्बर हुने बताइएको छ ।

समापन समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि रहने छन् भने युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा) नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्यसचिब लगायतले सम्वोधन गर्ने छन् । उक्त अवसरमा १४ औं साग आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ। त्यसैगरी नेपाल भ्रमण वर्ष २०२० लाई प्रबद्र्धन गर्ने गरी बिशेष कार्यक्रम प्रस्तुत गरिने पनि सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए।

सो अवसरमा साग ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न भएको सन्देश दिनेगरी मार्च पास, सांस्कृतिक कार्यक्रम र आतिसबाजी गरिनेछ। समापनका दिन कार्यक्रम स्थलका प्याराफिटलाई बिभिन्न श्रेणीमा वर्गीकरण गरी व्यवस्थित गरिने राखेपले जनाएको छ।फुटवल प्रतियोगिताको फाईनल हेर्नका लागि दुई हजार र एक हजार दरका टिकटको ब्यबस्था गरिएको छ। तिनै टिकटले समापन समारोहमा पनि सहभागी हुन सकिनेछ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width