रजतजयन्तीमा मदरल्याण्डको प्रदेशस्तरीय हाजिरीजवाफ

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७६
madharaland_Fotor

पच्चीसौँ वार्षिकोत्सव तथा रजतजयन्ती वर्ष अवसरमा मदरल्यान्ड माविले प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिता गरेको छ।

गण्डकी प्रदेशका कक्षा १२ मा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न विद्यालयबाट २२ समूहले सहभागिता जनाएको उक्त कार्यक्रममा पोखराको सैनिक आवसीय माविले प्रथम भएको छ।

कास्कीकै गण्डकी आवासीय माध्यमिक विद्यालय लामाचौरले द्वितीय स्थान प्राप्त गरेको छ। त्यसैगरी तृतीय र सान्त्वना स्थान क्रमशः आयोजक विद्यालय मदरल्याण्ड मावि पोखरा र पोखराकै प्रतिभा मावि नदीपुरले हात पार्न सफल भएका छन्।

प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड पोखराका प्रमुख विष्णुनारायण श्रेष्ठ, विद्यालयका निर्देशक डा त्रिभुवन शर्मा, प्राचार्य नारायण बराल, एकेडेमिक डिन प्रेमनारायण पोख्रेल, दस जोड दुईका इञ्चार्ज नारायण आचार्य लगायतले पुरस्कार वितरण गरेको जानकारी शिक्षक होमनाथ भट्टराईले दिए।

नेपालकै चर्चित ब्रिज कोर्स संस्था पीईएका नीरज शर्मा क्वीज मास्टर रहेको उक्त कार्यक्रम विभिन्न चरणमा भएको हो।

प्रथम भएका विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति र द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः पचहत्तर, पचास र पच्चीस प्रतिशत छात्रवृत्ति प्रदान गरिएको पीईए सिइओ सनतकुमार गिरीले जानकारी दिए।

रजतजयन्ती समारोह मूल समितिका संयोजक तथा विद्यालयका संस्थापक निर्देशक डा त्रिभुवन शर्माको अध्यक्षतामा भएको कायृक्रमको संयोजन गणित विभावका प्रमुख यादबहादुर अधिकारीले गरेका थिए।

विद्यालयले रजतजयन्ती वर्ष अवसरमा आन्तरिक तथा बाह्य रूपमा चित्रकला, सरसफाइ, हस्तलिपि, कविता, निबन्ध, प्रदेशस्तरीय हाजिरीजवाफ, जिल्लास्तरीय वक्तृत्वकला लगायत प्रतियोगिता तथा विविध कार्यक्रमहरू सम्पन्न गरिसकेको विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width